ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङको ताराखोला गाउँपालिकाले ल्यायो ३६ करोड ६६ लाख बजेट


एबीसी / संवाददाता

काठमाडौँ, १० असार ।  बागलुङको ताराखोला गाउँपालिकाले ३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले प्रस्तुत गरेको बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिउपजको बजारीकरणका लागि प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले सङ्घीय सरकारबाट सशर्त अनुदानमार्फत प्राप्त गरेको १६ करोड ५४ लाख, वित्तीय समानीकरण अनुदान सात करोड ९९ लाख र राजस्व बाँडफाँट बाट छ करोड ७३ लाख २६ हजार प्राप्त गरेको थियो ।त्यस्तै गण्डकी प्रदेश सरकारबाट समानीकरण अनुदान ७९ लाख ६४ हजार, राजस्व बाँडफाँट ३८ लाख नौ हजार, सङ्घीय सरकार विशेष अनुदानबापत एक करोड २० लाख, सङ्घीय सरकार समपूरक अनुदान ७० लाख, गण्डकी प्रदेश सरकार समपूरक अनुदान ४० लाख र चालु आर्थिक वर्षको ८२ लाख ९३ हजार मौज्दात र आगामी आर्थिक वर्षको आन्तरिक आम्दानी ५० सङ्कलन हुने गरी गाउँपालिकाले ३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाले चालु खर्चतर्फ छ करोड सात लाख, पुँजीगत खर्चतर्फ १४ करोड रु ६३ लाख २९ हजार, सशर्त अनुदानसहित चालु खर्च २२ करोड तीन लाख ६३ हजार विनियोजन भएको छ । पालिकाले कृषि विकासतर्फ एक करोड ५६ लाख २५ हजार, पशु विकासतर्फ एक करोड १९ लाख ६०द हजार, सामाजिक विकासको शिक्षातर्फ एक करोड १० लाख ८७ हजार, खानेपानी तथा सरसफार्यमा ९६ लाख, पूर्वाधार विकासमा पाँच करोड १२ लाख २० हजार, वन वातावरण तथा विपद् व्यवस्थापनमा ७० लाख, गाउँपालिकाको प्रशासनिक खर्चका लागि र छ करोड ४८ लाख १६ हजार विनियोजन गरेको छ । भातखानेडाँडा वडा नम्बर १ जाने सडक स्तरोन्नतीका लागि एक करोड ४० लाख, सादी हिल गाउँ पँधेराखोला, बराहखोला सडक स्तरोन्नतिका लागि ८० लाख, घुस्मेली सभाहल सडक स्तरोन्नतिका लागि ६० विनियोजन भएको छ । यस्तै पालिकाले कृषिउपजको बजारीकरण, जनयुद्ध घाइते तथा शहीद परिवारलाई भत्ता र विद्यालयमा निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिएको बजेटमा उल्लेख गरिएको छ । बागलुङको ताराखोलाले सशस्त्र द्वन्द्वकालका शहीद, बेपत्ता र घाइते तथा अपाङ्गको स्मरणमा युद्ध स्तम्भ बनाउने भएको छ ।

जनयुद्ध दिवसमा सार्वजनिक बिदासमेत दिएको यो पालिकाले ‘द्वन्द्वका घाउमा मलम’ लगाउने गरी नीति तथा कार्यक्रममा पनि जोडेको अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताए। बजेटमा जनयुद्ध दिवश, शहीद सप्ताह कार्यक्रम सञ्चालनलगायतमा व्यवस्था भएको हो । यसका लागि २४ लाख बजेट विनियोजन भएको छ । जनयद्धमा ताराखोलाका २३ शहीद भएका थिए भने दुई जना बेपत्ता र दर्जनौँ घाइते छन् । अध्यक्ष विकसमेत जनयुद्धका घाइते हुन् । उनको शरीरमा समेत गोलीका छर्रा अझै बाँकी छन् ।

गाउँपालिकाले आफ्नो सभाहलमा शहीदको तस्बिर सजाएर राखेको छ । शहीद सप्ताहमा उनीहरुको परिवार सम्मान गर्ने, शहीदका छोराछोरीलाई छात्रवृत्ति दिनेलगायतको काम गर्दै आएको छ । श्रमदान गरेर बनाइएको सडकलाई स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको अनुदानसमेत जुटाएर सडक चौडा पार्ने काम भइरहेको छ । तत्काल स्तरोन्नति गरेर बर्सातमा पनि नियमित सवारी चलाउन बजेटमा २० लाख विनियोजन गरिएको हो । गाउँपालिकाले शहीदपार्क निर्माणका लागि पाँच लाख बजेट विनियोजन गरेको छ । ताराखोलाले वडा नंं २ को ओसमरको गयार भन्ने स्थानमा उद्यानको तयारी छ । उद्यानसँगै २३ शहीदको अर्धकदको मूर्तिसमेत बनाइने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com