ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी गठबन्धनबारे एमाले अध्यक्षले ओली भने – २०७४ मा आकस्मिक निर्णय भयो, भोलि पनि हुनसक्छ तयारी हुनु


एबीसी / संवाददाता
असार ९, २०७९ बिहीबार  ९ : ४९ बजे

काठमाडौँ, ९ असार ।  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले जे पनि हुनसक्ने बताएका छन् । पार्टीबाट राष्ट्रिय सभामा सदस्य रहेकाहरूलाई भक्तपुरको बालकोटस्थित निवासमा बोलाएर ओलीले आगामी संघीय र प्रदेश निर्वाचनमा एक्लै जाने तयारी थाल्न र आकस्मिक निर्णय हुनसक्ने कुरालाई मध्यनजर गर्न पनि सुझाएको बैठकमा सहभागी सांसदहरूले बताएका छन् ।

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एमालेले अहिलेको सत्तारुढ गठबन्धनसँग एक्लै लड्ने क्षमता विकास गरेर जानुपर्ने अध्यक्ष ओलीले भनेको जानकारी दिए । अध्यक्ष ओलीले आफूहरूसँग २०७४ सालमा माओवादी केन्द्रसँग भएको चुनावी गठबन्धन घोषणासँगै पार्टी एकताको घोषणाको घटना स्मरण गरेको पनि भट्टराईले बताए ।

अब पनि गठबन्धन हाम्रो विरुद्धमा छ, हामी एक्लै आगामी निर्वाचन फेस गर्ने गरी अगाडि बढ्नुपर्छ र विजय हासिल गर्नेगरी जानुपर्छ भन्ने कुरा उहाँले राख्नुभयो, ओलीले राष्ट्रिय सभाका सांसदलाई भनेका कुरा उल्लेल गर्दै भट्टराईले थपे, गठबन्धन के हुन्छ त रु कसरी हामी अगाडि बढ्छौं ? भन्ने विषयमा उहाँले अहिलेसम्म केही भएको छैन तर हिजो (२०७४ को निर्वाचनमा) पनि घटनाक्रम अगाडि बढ्दै जाने सिलसिलामा आकस्मिक रूपमा निर्णय भएको थियो । नयाँ अवस्था निर्माण भएको थियो । यो कुरा राजनीतिक रूपमा भोलि पनि हुनसक्छ । आगामी निर्वाचनमा गठबन्धन गर्नेबारे भने आजको दिनसम्म केही नभएको ओलीले बताएको भट्टराईको भनाइ थियो । राष्ट्रिय सभामा एमाले प्रमुख सचेतक देवेन्द्र दाहालले पनि ओलीले गठबन्धन गर्नैपर्छ र गर्नैहुन्न भनेर केही भन्न नहुने बताएको उल्लेख गरे । उनले भने, निर्वाचनको तयारी गर्नुपर्छ भन्नुभयो ।

वाम गठबन्धनकै बारेमा त धेरै छलफल भएन । आवश्यकताका आधारमा गर्ने कुरा हो । हुँदै हुँदैन भन्ने पनि होइन, हुन्छ भनेर किटान गरेर जाने कुरा पनि होइन भन्नुभयो, ओलीले भनेका कुरा उल्लेख गर्दै दाहालले भने, आवश्यकताको आधारमा तल तल पनि गर्न सकिन्छ, आम रूपमा गर्ने भन्ने केही छैन । हुँदै हुँदैन भनेर ठोकुवा गर्ने पनि होइन भन्ने संकेत भयो । ओलीले मुलुकमा एमालेले समाजवादीको र कांग्रेसले पुँजीवादीको नेतृत्व गरिरहेको बताएको नेता भट्टराईले जानकारी दिए । जनताले पनि एमाले समाजवादी भएकाले विश्वास गरिरहेको ओलीले दाबी गरेका थिए । उनले स्थानीय तह निर्वाचनपछि वाम गठबन्धनका लागि एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरूबीच छलफल भइरहेको हो कि भन्नेबारे केही उल्लेख नगरेको बताए ।

तर, राजनीतिक रूपमा हिजो पनि आकस्मिक रूपमै यस्ता घटना भएका थिए भनेदेखि राजनीतिमा यस्ता कुरा हुन सक्छन् भन्नुभयो, भट्टराईले भने ।स्थानीय तहको चुनावको वस्तुनिष्ठ समीक्षा गरेर जानुपर्ने धारणा ओलीबाट आएको सांसद दिलकुमारी रावलले जानकारी दिइन् ।

स्थानीय तह निर्वाचनमा गठबन्धन भएपनि जनमत एमालेसँग छ भन्नुभयो । अन्तरविरोधको वस्तुनिष्ठ र यथार्थतामा टेकेर समीक्षा गर्ने भन्ने कुरा आयो,ु उनले भनिन् । ‌ओलीले स्थानीय तह निर्वाचनमा आन्तरिक समस्या र गठबन्धनका कारण पार्टीले सोचेजस्तो जित हासिल गर्न नसकेको बताएका थिए । परिणामको हिसाबले अलिकति हाम्रो सोचेजस्तो भएन, त्यसको पछाडि पार्टीको आन्तरिक अन्तरविरोध र गठबन्धन मुख्य कारक रह्यो,ु ओलीले भनेको कुरा सांसदहरूले सुनाए ।प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आगामी कार्तिक अन्तिम वा मंसिर पहिलो साता गर्ने सरकारको तयारी रहेको छ । निर्वाचन आयोगले सोहीअनुसार तयारी पनि गरिरहेको अवस्थामा राजनीतिक दलहरू कस्तो गठबन्धन बनाउने भन्ने विभिन्न कसरतमा लागेका छन् ।

अहिले सरकारमा रहेका दलहरू नै चुनावसम्म जाने कि एमालेसँग वाम गठबन्धन बनाउने भन्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेका छन् ।केही पहिले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई बालकोट नै गएर भेटेका थिए । त्यस्तै, एमाले र माओवादीका दोस्रो तहका नेताहरू चुनावमा गठबन्धन निर्माण गर्न सकिन्छ भन्ने छलफलमा रहेको बताइएको छ भने एकीकृत समाजवादी र एमाले नेताहरू पनि चुनावमा मिलेर जान सकिन्छ भन्ने कसरतमा रहेका छन् ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने अहिलेको सत्ता गठबन्धनलाई प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसम्म नै लैजाने कोसिसमा छन् । यो चुनावी राजनीतिक हलचलका बीच प्रमुख प्रतिपक्षी दलका नेता ओलीले २०७४ मा जस्तो आकस्मिक रूपमा चुनावी गठबन्धन हुनसक्नेतर्फ पार्टीबाट राष्ट्रिय सभामा रहेका सांसदहरूलाई संकेत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

सम्बन्धित

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com