ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एमाले सांसद खातुन पदमुक्त


एबीसी / संवाददाता
असार ८, २०७९ बुधबार  १२ : ३७ बजे

काठमाडौँ, ८ असार । प्रदेश-१ की नेकपा एमाले सांसद गुलेफुन खातुन पदमुक्त हुनुभएको छ । सरकारी छाप र दस्तखत किर्ते गरेको मुद्दामा उच्च अदालतल विराटनगरबाट दोषी प्रमाणित गरेको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेपछि सांसद खातुनको पद गएको हो । मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको फैसला विरुद्ध सांसद खातुन सर्वोच्च अदालत गएकोमा सर्वोच्चले त्यस अघिका फैसलालाई सदर गर्दै मुद्दा नै खारेज गरिदिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले खातुनको दावी नपुग्ने भन्दै मुद्दा दोहोर्याउन अनुमति दिन नमिल्ने आदेश दिएको हो । जिल्ला अदालत मोरङले २०७४ वैशाख ३१ गते नै उक्त मुद्दामा फैसला गरी कसुर ठहर गरेको थियो । त्यसपछि सांसद खातुनले उच्च अदालत विराटनगरमा पुनरावेदनको निवेदन दिनुभएको हो । मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले खातुनलाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना तोक्ने जिल्लाको आदेश उल्ट्याउँदै एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ ३३ रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

सांसद खातुनले मोहीबाट प्राप्त हुने जग्गा नामसारीका लागि २०७१ चैत ४ गते तत्कालिन कदमाहा गाविसबाट लिएको सिफारिसकै चलानी नम्बर राखेर गाविस सचिवको दस्तखत समेत नक्कली बनाएर जग्गा एकलौटी बनाउने गरी कर्मचारीको मिलेमतोमा अर्को सिफारिस निकाल्नुभएको थियो । एउटै दर्ता नम्बरमा दुई वटा सिफारिस निकालेपछि उहाँ विरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com