ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी, पहिरोबाट हुने क्षतितर्फ सरकारले बेलैमा ध्यान दिन सांसदको माग


एबीसी / संवाददाता
असार ७, २०७९ मंगलबार  ७ : २१ बजे

काठमाडौँ, ७ असार । प्रतिनिधि सभा सदस्य बिमला नेपालीले यस वर्ष बाढी, पहिरोबाट हुने क्षतितर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले यस वर्ष बर्षाका कारण ठूलो जनधनको नोक्सानी हुन सक्ने भन्दै सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडकखण्डमा पहिरोका कारण यात्रुले कष्ट भोगेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्तले ट्राफिक प्रहरीले सवारी साधन चेक गरेर हैरान पारेको बताउनुभयो । उहाँले सरकारले लाइसेन्स नहुनेलाई गाडी दिनु नहुने बताउनुभयो । उहाँले गाडी आयात नगर्न र लाइसेन्स तुरुन्त दिन माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य विमला बि.क. ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेलाई अपशब्द प्रयोग गरेका कारण सरकारले कारबाही गरे नगरेको बारे प्रश्न गर्नुभयो । उहाँले मन्त्री आलेको सो शब्द गठबन्धन जोगाउने अमृतवाणी नै भयो कि भन्ने ब्यंग्य समेत गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले राजधानि काठमाडौंलाई जलमग्न हुनबाट बचाउन राजधानी काठमाडौंका प्राकृतिक खहरे खोला, राजकिलो, टुकुचा, धोविखोलालाई नापनक्सा गरी पूर्ववत अवस्थामा ल्याइनुपर्ने बताउनुभयो । त्यसैगरी काठमाडौंका डाडाँमा भइरहेका अतिक्रमण पनि रोक्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com