ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महँगीको मारमा उपभोक्ता : खानेतेलदेखि गाडी भाडा समेत महँगो


एबीसी / संवाददाता
असार ७, २०७९ मंगलबार  १ : ०६ बजे

काठमाडौँ, ७ असार । पेट्रोलियम पदार्थको भाउ बढेसँगै यातायात व्यवसायीले आफूखुशी भाडा लिन थालेका छन् । लामो तथा मध्यमसँगै छोटो दूरीमा पनि यात्रु बढी भाडा तिर्न बाध्य भएका छन् । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा घटबढ हुँदै आएको छ । त्यसअनुसार यातायात व्यवस्था विभागले हिजोदेखि लागू हुने गरी एक प्रदेशबाट अर्को प्रदेशमा वा राष्ट्रिय राजमार्गमा चल्ने गाडीमा भाडा समायोजन गरेको छ ।

तर प्रदेशभित्र तथा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीमा पनि व्यवसायीले भाडा बढी लिन थालेका छन् । काठमाण्डौ उपत्यकामा न्यूनतम भाडा २० रुपैयाँ भए पनि पेट्रोलियम पदार्थको भाउ बढेसँगै हिजोदेखि नै २५ रुपैयाँ तिर्न थालेको यात्रुको गुनासो छ । गाडी चालकले पनि पेट्रोलियम पदार्थको भाउ बढेकाले भाडा बढाउन बाध्य भएको बताएका छन् । हवाई इन्धनको समेत भाउ बढे पछि आन्तरिक हवाई भाडा पनि बढेको छ ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले भाउ बढाएर १ सय ९९ रुपैयाँ पुर्याएको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको भाउ १ सय ९२ रुपैयाँ पुगेको छ । इन्धनमा भाउ बढेसँगै ढुवानी भाडा बढ्ने भएकाले खाद्यान्नलगायत अन्य सामग्री समेत महँगो हुने व्यापारीको भनाइ छ । उपभोक्ता महँगीको मारमा परेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको निहुँमा व्यवसायीले खानेतेलमा समेत भाउ बढाएका छन् । यसले नागरिकलाई थप मारमा पारेको छ । तर, मूल्य वृद्धिले उपभोक्ता मारमा पर्दा पनि राहत दिन भने सरकार उदासिन छ ।

मूल्य वृद्धि विरुद्ध सदन र सडकसहित सामाजिक सञ्जालमा विरोध भइरहेको छ । मूल्य वृद्धि फिर्ता गर्न र महँगी नियन्त्रण गर्न सरकारलाई दबाब परेको छ । तर, पनि सरकार भने यस विषयमा अझै गम्भीर बनेको छैन । नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारले इन्धनमा गरेको मूल्य वृद्धि फिर्ता नलिए विकास निर्माणका काम रोक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com