ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महँगीको मारमा उपभोक्ता : खानेतेलदेखि गाडी भाडा समेत महँगो


एबीसी / संवाददाता

काठमाडौँ, ७ असार । पेट्रोलियम पदार्थको भाउ बढेसँगै यातायात व्यवसायीले आफूखुशी भाडा लिन थालेका छन् । लामो तथा मध्यमसँगै छोटो दूरीमा पनि यात्रु बढी भाडा तिर्न बाध्य भएका छन् । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा घटबढ हुँदै आएको छ । त्यसअनुसार यातायात व्यवस्था विभागले हिजोदेखि लागू हुने गरी एक प्रदेशबाट अर्को प्रदेशमा वा राष्ट्रिय राजमार्गमा चल्ने गाडीमा भाडा समायोजन गरेको छ ।

तर प्रदेशभित्र तथा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीमा पनि व्यवसायीले भाडा बढी लिन थालेका छन् । काठमाण्डौ उपत्यकामा न्यूनतम भाडा २० रुपैयाँ भए पनि पेट्रोलियम पदार्थको भाउ बढेसँगै हिजोदेखि नै २५ रुपैयाँ तिर्न थालेको यात्रुको गुनासो छ । गाडी चालकले पनि पेट्रोलियम पदार्थको भाउ बढेकाले भाडा बढाउन बाध्य भएको बताएका छन् । हवाई इन्धनको समेत भाउ बढे पछि आन्तरिक हवाई भाडा पनि बढेको छ ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले भाउ बढाएर १ सय ९९ रुपैयाँ पुर्याएको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको भाउ १ सय ९२ रुपैयाँ पुगेको छ । इन्धनमा भाउ बढेसँगै ढुवानी भाडा बढ्ने भएकाले खाद्यान्नलगायत अन्य सामग्री समेत महँगो हुने व्यापारीको भनाइ छ । उपभोक्ता महँगीको मारमा परेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको निहुँमा व्यवसायीले खानेतेलमा समेत भाउ बढाएका छन् । यसले नागरिकलाई थप मारमा पारेको छ । तर, मूल्य वृद्धिले उपभोक्ता मारमा पर्दा पनि राहत दिन भने सरकार उदासिन छ ।

मूल्य वृद्धि विरुद्ध सदन र सडकसहित सामाजिक सञ्जालमा विरोध भइरहेको छ । मूल्य वृद्धि फिर्ता गर्न र महँगी नियन्त्रण गर्न सरकारलाई दबाब परेको छ । तर, पनि सरकार भने यस विषयमा अझै गम्भीर बनेको छैन । नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारले इन्धनमा गरेको मूल्य वृद्धि फिर्ता नलिए विकास निर्माणका काम रोक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीसी टिभी फुटेज प्रकरण : अर्थ मन्त्रालयले कानुनको धज्जी उडायो

काठमाडौं, १९ असार ।  अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आज आइतवार सूचना माग गर्ने उपभोक्ता हित संरक्षण

माओवादी केन्द्रले टुंग्यायो ३७३ केन्द्रीय सदस्य (नामसहित)

काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष

साविक नेकपाका बहुमत सचिवालय सदस्यको भेटघाट

काठमाडौं । साविक नेकपाका बहुमत सचिवालयका सदस्यहरुको भेट भएको छ । सचिवालय सदस्यहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठका बीच भेटवार्ता

सम्बन्धित

सीसी टिभी फुटेज प्रकरण : अर्थ मन्त्रालयले कानुनको धज्जी उडायो

माओवादी केन्द्रले टुंग्यायो ३७३ केन्द्रीय सदस्य (नामसहित)

साविक नेकपाका बहुमत सचिवालय सदस्यको भेटघाट

यी हुन् एमालेमा मनोनित १३ विभागका सचिव

एमालेले बनायो चुनावमा भएका अन्तरघातको छानबिन गर्न समिति

चुनावसम्म सत्ता गठबन्धन सग्लो नरहने एमाले निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com