काठमाडौं, ७ असार । प्रतिनिधिसभाको बैठक आज ९मंगलबार० बस्दैछ। बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ ।
आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।पछिल्लो २४ घन्टामा ९८७५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्।यस्तै ७२५४ संक्रमित निको भएका छन् भने १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।सबैभन्दा बढी सोमबार केरलामा २७८६ संक्रमित भेटिएका छन्। यो सँगै केरलामा संक्रिय संक्रमितको संख्या २२२७८ पुगेको छ। यहाँ १६।०८ प्रतिशत पोजेटिभ रेट रहेको छ।यस्तै महाराष्ट्रमा २३५४ जनामा संक्रमण पुष्टि भएको छ। महाराष्ट्रमा कोरोनाको पोजेटिभ रेट १०।३६ प्रतिशत छ।यस्तै राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा १०६० जना संक्रमित फेला परेका छन्। दिल्लीको संक्रमण दर १०।०९ प्रतिशत रहेको छ। अहिले भारतमा कोरोनाका संक्रिय संक्रमितको संख्या ७७ हजार नाघेको छ।








प्रतिक्रिया दिनुहोस्