काठमाडौं, ४ असार। जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले डिल्लीबजार कारागार पुगेका छन् ।आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेका उनले जेलमा रहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेटेका छन् ।कारागार प्रशासन स्रोतका अनुसार डा. राउतले पाँच मिनेट मात्रै चौधरीसँग कुराकानी गरेका थिए । भेटका क्रममा भाबी दिनका हुनसक्ने सहकार्यको विषयमा छलफल भएको बताइएको छ ।चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् । टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा उनी कारागारमा छन् ।
प्रतिक्रिया दिनुहोस्