ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसपीपीबारे सञ्चारमाध्यममा आएको कागजात सरकारी नभएको प्रधानसेनापति शर्माको दाबी


एबीसी / संवाददाता

काठमाडौँ, ३ असार । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीबारे सञ्चारमाध्यममा आएको कागजात सरकारी नभएको दाबी गर्नुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै प्रधानसेनापति शर्माले सञ्चारमाध्यममा आएको कागजात सरकारी नभएको दाबी गर्नुभएको हो ।

उहाँले नेपाली सेनाले कदापि नेपाली जनताको भावनाबिरुद्ध काम नगर्ने भन्दै नेपालको एकता, नेपाली जनताले बुझेको कुरालाई भ्रम पार्ने हिसावले केही मानिसले उचालेको बताउनुभयो । प्रधानसेनापति शर्माले एसपीपी कुनै पनि हालतमा नेपाललाई काम नरहेको भन्दै मानवीय सहायता बाहेक सैन्य सहायतामा समावेश हुने कुरा नेपाली सेनालाई मान्य नहुने बताउनुभयो । प्रधानसेनापति शर्माले नेपाली सेनाले २७ अक्टोबर सन् २०१५ मा एसपीपीलाई लेखेको पत्र भूकम्पका बेलामा मानवीय सहयोगका लागि मात्र लेखिएको बताउनुभयो ।

उहाँले उक्त पत्रमा कुनै पनि सैन्य सम्झौतामा जोडिने कुरा उल्लेख नरहेको भन्दै सैन्य सम्झौतामा जोडिने कुरा नेपाली सेनालाई स्वीकार्य नहुने बताउनुभयो । प्रधानसेनापति शर्माले त्यसपछिका दिनमा पनि दुईवटा चिठी लेखिएको तर उक्त चिठी अमेरिकी सरकारबाट एउटा राज्यको स्टेट पार्टनरसिप प्रोग्राममा दिइने फण्डका लागि मात्रै भएको स्पष्ट पार्नुभयो । उहाँले उक्त फण्डले हालसम्म नेपाली सेनालाई विपद्का बेला आवश्यक पर्ने औजारहरु मात्रै सहयोग गरेको र कुनै गोलीबारुद नदिएको दाबी गर्नुभयो । प्रधानसेनापति शर्माले नेपाली सेनाले नेपालको परराष्ट्रनीतिको बरखिलाफ हुनेगरी कहिल्यै सम्झौता नगरेको पनि बताउनुभयो ।

उहाँले तत्कालीन रुपमा एसपीपीको उद्देश्य कुनैपनि सैन्य सम्झौता हुने गरेर नभएको र सन् २०१९ मा आएर इण्डोप्यासिफिक स्टाट्रेजीसँग मिसिने डरले सरकारसँग यसलाई रिभ्यू गर्नुका लागि औपचारिक चिठी लेखेको पनि बताउनुभयो । प्रधानसेनापति शर्माले नेपाली सेना असंलग्न परराष्ट्रनीतिको बारेमा गम्भीर रहेकोले आगामी दिनमा पनि सैनिक पार्टनरसिप नहोस्, नबनियोस्, हुन नपरोस् भन्ने कुरालाई ध्यानमा राखेर नेपालको परराष्ट्रनीति र छिमेकीलाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो । उहाँले एसपीपीको विषयमा नेपाली सेनाले कुनै सम्झौता नगरेको भन्दै यसलाई अतिरञ्जित नगर्न आग्रह गर्नुभयो ।

प्रधानसेनापति शर्माले नेपाली सेना र अमेरिकाको रक्षा मन्त्रालयसँगको सम्बन्ध प्रगाढ, नेपालको परराष्ट्र नीतिलाई सहयोग पुर्‍याउने र परराष्ट्र नीति अन्तर्गतको सैनिक कुटनीतिलाईसमेत सहयोग पुग्ने हिसाबले आफ्नो भ्रमण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com