ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिस्ट पार्टीहरुलाई फेरि एकजुट बनाउने अभियानमा लाग्छु : बामदेव गौतम


एबीसी / संवाददाता
असार ३, २०७९ शुक्रबार  १ : ४९ बजे

काठमाडौँ, ३ असार । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिस्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागि पर्ने बताउनु भएको छ । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना रहेको सुनाउनुभयो ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहनु भएका सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पनि नेताहरुको बारेमा टिकाटिप्पणी नगरेको दाबी गर्नुभयो । उहाँले नेपाललाई एउटा समृद्ध समाजवादमा पुर्याउने आशासहित गठन भएको नेकपा पार्टीभित्रको आन्तरिक समस्याका कारण तीन वटा टुक्रामा विभाजित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । मेरो विचार कम्युनिस्ट पार्टीहरु फेरि एकजुट हुनुपर्छ भन्ने हो । मैले फेरि पार्टीलाई एकीकृत गर्ने, म फेरि कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु । र, केही समयपछि म घोषणा गरेर त्यो काममा लाग्नेछु । सफलता प्राप्त हुन्छ कि हुँदैन ।’

पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका गौतमले नेकपा एकता पछि जनता खुसी भएको तर पार्टी भित्रकै उत्पन्न समस्याहरुले पार्टीलाई विभाजित गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com