३ माघ, काठमाडौं । प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा मन्त्रीहरुबीच नै विवाद भएपछि आज बिहान बसेको मन्त्रिपरिषद बैठक दिउसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने बताइएको थियो । सरकारले तोक्न लागेका संभावित प्रदेश प्रमुखहरुको नाम सार्वजनिक भएको थियो । तर, अस्थायी मुकाम तोक्ने विषयमा मन्त्रीहरुबीच नै विवाद बढेपछि बैठक स्थगित भएको हो । बैठकमा मन्त्रीहरुले आफु अनुकुलको प्रदेश मुकाम हुनुपर्ने भन्दै एकआपसमा चर्काचर्की गरेका थिए ।
अस्थायी मुकाममा असन्तुष्टि जनाउँदै प्रदेश नं. ५को दाङ र प्रदेश नं. १ को धनकुटामा आजदेखि अनिश्चितकालीन बन्द सुरु भएको छ । प्रदेश नं. ७ को डोटीमा पनि आन्दोलन सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्