ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेद्वारा संसद्‌मा ‘स्थगनको प्रस्ताव’ दर्ता


एबीसी / संवाददाता

काठमाडौँ, ३० जेठ । प्रमुख प्रतिपक्षी एमालेले संसद्‌मा स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्‌मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्‍यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।

किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । उक्त प्रस्तावमाथि संसद्‌मा छलफल हुने भएको छ ।

स्थगन प्रस्ताव स्वीकृत भए संसद्‌मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने संसद् सचिवालयका अधिकारीले बताएका छन् ।संसद् सचिवालयले उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीको १ नम्बरमा राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

काठमाडौँ, २२ असार ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ । तथापि चयन सहमतिमा गरिने माओवादी केन्द्रका नेताहरूले

अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने

काठमाडौं, २२ असार ।  काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हल्का वर्षा भए पनि गर्मी बढेको छ । मौसमविद् हिरा भट्टराईका अनुसार अहिले

आजै संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं : उपसभापति खड्का

काठमाडौं, २२ असार ।सत्तारूढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा

सम्बन्धित

पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने

आजै संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं : उपसभापति खड्का

मंसिर २ या ५ मा चुनाव गराउन प्रस्ताव गर्दै आयोग : आज आयोगले प्रधानमन्त्री देउवालाई भेट्ने

अर्थमन्त्रीबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्‌को निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...