ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिसस निर्वाचन : रसुवा र भक्तपुरमा गोलाप्रथाद्वारा एमाले, भोजपुरमा गठबन्धन विजयी


एबीसी / संवाददाता
जेष्ठ २९, २०७९ आईतबार  ११ : २२ बजे

काठमाडौं, २९ जेठ । स्थानीय तहअन्तर्गत रसुवा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा एमालेका अशोककुमार घिमिरे तथा विजय लामा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिल्ला समन्वय समितिको सदस्य पदमा एमालेका उम्मेदवार खुवाप्रसाद पौडेल, कामीछिरिङ तामाङ, देशीरानी तामाङ तथा नेपाली कांग्रेसका उम्मेदवार तारकोत लामा, सविता गुरुङ, खिलबहादुर न्यौपाने र पार्वती विक सदस्यमा निर्वाचित भएका छन् । पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारको मतपरिणाम बराबर आएकाले गोलाप्रथाबाट अन्तिम परिणाम घोषणा गरिएको थियो । स्थानीय तहका सबै पदको निर्वाचन कार्य शनिबारदेखि सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।

यस्तै, जिसस भक्तपुरको प्रमुखमा एमालेका ईश्वर थापा विजयी भएका छन् । जिससको शनिबार सम्पन्न निर्वाचनमा कांग्रेसका जनार्दन खड्कासँग बराबर मत भएपछि गोलाप्रथामा थापा विजयी भएका हुन् । उपप्रमुखमा कांग्रेसकी सुजाता बाडे निर्वाचित भएकी छन् । उनले गोलाप्रथामा एमालेका रामकेशरी श्रेष्ठलाई पछि पारेकी हुन् । त्यस्तै सदस्यहरूमा एमालेका नानु कार्की, मञ्जु कार्की, राममाया मिजार र विश्वराम त्वानाबासु निर्वाचित भए भने कांग्रेसका विनु केसी पनि निर्वाचित भइन् ।

जिसस भक्तपुरको यसअघि सम्पन्न निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारले बराबर तीन–तीन मत प्राप्त गरेपछि निर्णयका लागि गोलाप्रथा गरिएको हो । चारवटा स्थानीय तह रहेको भक्तपुरमा जिससको पदाधिकारी चयनका लागि आठ मत रहेको छ । जसमध्ये एमालेको तीन, कांग्रेसको दुई, माओवादी केन्द्रको एक र नेपाल मजदुर किसान पार्टीको दुई मत छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका कारण जिससमा निर्णायक बनेको नेमकिपाले कुनै दलसँग तालमेल नगरेका कारण कांग्रेस र एमालेको मत बराबर भएको हो ।जिसस भोजपुरमा गठबन्धनको प्यानल नै विजयी भएको छ ।

शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा कांग्रेसका कमल थुलुङ र उपप्रमुखमा माओवादीका अनिशा खड्का विजयी बनेका हुन् । दलित वा अल्पसंख्यक सदस्य र महिला सदस्यमा माओवादीबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजवादीबाट जीवन किराती राई र चन्द्रकुमार राई सदस्य बनेका छन् । कांग्रेसबाट विनोद मगर र दीर्घकुमारी राई सदस्य बनेका छन् भने रूख चिह्नबाट निर्वाचन लडेकी एकीकृत समाजवादीबाट राधिका तामाङले सदस्यमा जित हासिल गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com