काठमाडौं, २८ जेठ । लुकाई छुपाई ल्याएको सुनसहित तीनजना नेपाली पक्राउ परेका छन्। शनिबार बिहान जजिरा एअरलाइन्सको जे९ ५३९ जहाजमार्फत कुवेतबाट नेपाल आएका उनीहरूलाई प्रहरीले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।उनीहरूले पाइन्टको भित्री भागमा लुकाएर बाहिरबाट सिलाएर लुकाई राखेको अवस्थामा २ सय ६० ग्राम सुन भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ।उनीहरू तीनैजना यात्रुलाई अन्य व्यक्तिले १र१ वटा पाइन्ट दिएर लगाई जान भनेको र नेपाल पुगेपछि ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम पाउने आसा देखाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भन्सार कार्यालयले जानकारी दिएको छ।पक्राउ पर्नेमा प्रकाश दुनुवार भुमाकुमार माझी र सरोज मोची रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्