ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी चन्दाको रकम असुल्दै उद्योगी !( भिडियो सहित )


sharan sharan

बुटवल, ३ माघ  । निर्वाचन सकिएलगत्तै निर्माण समाग्रीका उत्पादकहरुले बजार मुल्य अत्याधिक बढाएपछि राष्ट्रिय गौरवका योजना सहितको मुलुकमा जारी आयोजनाहरुमा गम्भिर असर पर्ने देखिएको छ । उत्पादकहरुले सिमेण्ट, छड र अन्य निर्माण समाग्रीमा मुल्य बृद्धि गरेपछि रुपन्देहीका बिक्रेताहरुले आन्दोलन समेत सुरु गरेकाछन् ।

सामान्यतया निर्वाचन सकिएपछि हरेक पटक बजारभाउ बढ्ने गर्दछ । न्युनरुपमा बजार भाउ बढेकाबेला सर्वसाधारणले बढेको मुल्यको अनुभुति गर्न सक्दैनन् । तर यस वर्षको स्थानीयतह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएलगत्तै अप्रत्यासित निर्माणसमाग्रीको मुल्य आकासिएपछि मुलुकका राष्ट्रिय गौरवका योजनाहरु सहित अर्बौका परियोजनाहरुमा गम्भीर असर पर्ने देखिएको छ । निर्वाचन पुर्वको बजार मुल्य भन्दा ५० देखि ६० प्रतिशत सिमेण्टमा, २० देखि २५ प्रतिशत छडमा र त्यहि अनुपातमा तार जाली लगायतका समाग्रीहरुमा मुल्य बृद्धी भएपछि सस्तोदरमा ठेक्का कबोल भएका आयोजनाहरुको काम नै ठप्प भएकाछन् ।
त्यसो त २ वर्ष अगाडी नै नेपाल सिमेण्टमा आत्मनिर्भर भएको बताईएको थियो । कतिपय सिमेण्ट उद्योगहरुले नेपाली क्लीङ्करबाट उत्पादीत सिमेण्ट पनि भन्ने गरेका थिए । तर यतिबेला भारतमा क्लीङकरको भाउ बढ्यो भन्दै मुल्य बृद्धी गरेकाछन् ।
बुटवलको बजारमा चुनाव अगाडी र पछाडीको सिमेण्टको मुल्य :

 

ब्राण्ड

 

पहिलेको मुल्य

 

अहिलेको मुल्य

अर्घाखांची ओपिसि ७२० ९५०
सिद्धार्थ पीपीसी ६२० ८९०
सिद्धार्थ ओपीसी ७२० ९९०
ब्रीज पीपीसी ६१० ७९०
ब्रीज ओपीसी ७१० ९००
जगदम्बा पीपीसी ६६० ८६०
जगदम्बा ओपीसी ७६० ८९०
सर्बोत्तम पीपीसी ६०० ७५०
सर्बोत्तम ओपीसी ७०० ८७०

त्यसैगरि छडमा चुनाव अगाडी प्रति केजी ६९ देखि ७२ रुपैयां सम्म रहेकोमा चुनाव पछि ८३ देखि ८६ रुपैयां प्रतिकेजी सम्म मुल्य बृद्धि गरिएको छ । निर्माण समाग्री अन्तर्गत जाली , तार किला जस्ता वस्तुहरुमा समेत २५ देखि ३० प्रतिशत सम्म मुल्य बढाईएको ब्यवसायीहरुले बताएकाछन् ।
उद्योगहरुले एक्कासी मुल्य बढाएपछि रुपन्देही हार्डवेयर बिक्रेताहरुले उद्योगहरुबाट माल नउठाएर आन्दोलन सुरु गरेकाछन् । उनीहरुले बिना कारण मुल्य बृद्धि गरिएको भन्दै सरकारले मुल्य बृद्धिको कारण खोज्न समेत माग गरेकाछन् । हार्डवेयर संघका अध्यक्ष सुनिल मरासिनीले सरकारी मिलेमतोमा नै मुल्य बृद्धि गरिएको आशंका गर्छन् ।

सिमेण्ट उद्योगहरुले केहि वर्षदेखि नेपाली क्लीङ्कर प्रयोग गरिरहेको र त्यस्ता उद्योगहरुमा प्रसस्त क्लीङ्कर सहित कच्चा पदार्थ मौज्दाज रहंदाकै अवस्थामा पनि मुल्य बृद्धि हुनुलाई सफा नियत मान्न नसकिने अवस्था रहेको देखिएको छ । बिना मापदण्ड उद्योगले मनोमानी मुल्य बृद्धि गर्दा मुलुकको नव निर्माणमै गम्भीर खतरा उत्पन्न हुने ठहर छ अध्यक्ष मरासिनीको ।

उद्योगहरुले गरेको मुल्य बृद्धि र ब्यवसायीले गरेको आन्दोलनका कारण बुटवलमा निर्मणधिन अन्तरराष्टिय सम्मेलन केन्द्रको काम नै ठप्प भएको छ भने बुटवल बलहिया सडक सहित करोडौका निर्माणका कामहरुमा नकारात्मक असर देखिन थालेको छ । एककासि बिना कारण गरिएको मुल्य बृद्धिले सबै निर्माणका काममा नकारात्मक असर पर्ने र त्यसले देशलाई नै क्षेति पु¥याउने अवस्था सिर्जना हुंदा पनि प्रसासनले कुनै कदम नचालेको गुनासो छ रुपन्देही निर्माण ब्यवसायी संघका अध्यक्ष जमिन कक्षपतिको ।

निर्वाचन सकिनु, नयां सरकार बन्न नसक्नु र जनप्रतिनिधिहरु राजनितिक अलमलमा रहेकाबेला मौकाको फाईदा उठाउंदै उद्योगिहरुले अन्धाधुन्द मुल्य बृद्धि गरेको देखिएको छ । राजनितीक अन्यौलतामा रहेका बेला मुल्यबृद्धि गर्नेहरुलाई नछाडीने चेतावनी छ रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा एमाले उपमहासचिव घनश्याम भुसालको ।

अघिल्लोवर्षमात्र सिमेण्टमा आत्मनिर्भर भयौं भनेर घोषणा गर्ने उद्योगीहरुभने भारतमा क्लीङ्करको बढ्यो भन्दै मुल्य बढाउनुपरेको गफ दिईरहेकाछन् । उनीहरुले बिज्ञप्ती निकालेर मुल्यबृद्धिको जतिसुकै गफ दिएपनि उनीहरुको उद्योगमा पहिलेदेखिनै मौज्दाज रहेको नेपाली क्लीङ्करहरुले उनीहरुको तर्कलाई गलत साबित गरिदिएको छ ।
सामान्य सिद्धान्तमा मुलुकमा राजनितीक सरकार नबन्दाको अवस्थामा सरकारको बागडोर कर्मचारी प्रसाशनले हेर्ने गर्दछ । तर उद्यागीहरुले अन्दाधुन्द मुल्यबृद्धि गरिरहंदा र कतिपय राष्टि गौरवका योजनाहरुको काम ठप्पहुंदा पनि प्रसाशनले सांधेको मौनताले धेरै आशंकाहरु पनि जन्माएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

इरानले गर्योः कतारको अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण

इरानसँगको अमेरिकी कूटनीति क्षतिग्रस्त भए पनि, अझै आशावादी

मस्कले ट्रम्पको आलोचनाप्रति ‘खेद’ व्यक्त गरे, किन पछि हटे त मस्क ?

ओली र पोखरेल आमनेसामने, महाधिवेशनको टुंगो छैन !

ट्रम्प र मस्कले आफ्नो साझेदारी भस्म गरेको दिन: द वाल स्ट्रिट जर्नल

के भारतले आफ्नो व्यापारको अवसर कब्जा गर्न सक्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com