ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका हिलाम्मे सडकमा सास्ती (फोटोफिचर)


एबीसी / संवाददाता
जेष्ठ २८, २०७९ शनिबार  ११ : ५२ बजे

काठमाडौं, २८ जेठ । देशको जेठो महानगरपालिका रहेको काठमाडौं विकासका पूर्वाधारका हिसावमा देशका अन्य महानगरपालिकाहरु भन्दा अगाडी नै हुनुपर्ने हो । तर पछिल्लो समय विकासका पूर्वाधार निर्माणका हिसावले कनिष्ठ महानगरपालिकाले जित्न थालिसके काठमडौंको अवस्था त्यही पुरानो नै छ । काठमाडौंको विकास पूर्वाधारका काम भने कछुवाको गतिमा अघि बढ्दैछ । एक हिसावले भन्ने हो भने काठमाडौंलाई हेरेर देशभरको मूल्यांकन गरिन्छ । राजधानी भइसकेपछि सुव्यवस्थित, सफा, हराभरा र देशको ऐनाका रुपमा काठमाडौंलाई चित्रण गर्दछन् कतिपयले ।

किनभने अन्य कुनैपनि देशको संघीय राजधानी उत्रँदा देशको सम्पूर्ण मूल्यांकन गर्न सकिन्छ । तर काठमाडौंको वास्तविकता भने त्यस्तो छैन । काठमाडौं उपत्यका भित्रका सडकहरुले काठमाडौंको वास्तविकता झल्काउँछ । काँठलाई काठमाडौं जोड्ने सडकहरुको नै मर्मतसम्भार हुन सकेको छैन । जसकारण ठूला ठूला खाडल बनेका छन् । पानी पर्दा खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिनुले सवारी दुर्घटना झनै बढेको छ । त्यतिमात्रै होइन, खराब सडकका कारण सडकपेटीबाट हिँडडुल गर्ने नागरिकलाई पनि धुवाँ,धुलो र हिलोको त्यत्तिकै समस्या छ ।

काठमाडौंलाई कतिपयले अव्यवस्थित शहरको उपमा दिन थालिसकेका छन् । ट्राफिक जामको कुरा त धेरै पछिको कुरा हो । सवारीसाधन गुड्ने सडक नै व्यवस्थित छैनन्, कतिपय ठाउँका । राम्रा भनिएका सडकमा पनि ठाउँठाउँमा खाल्डाखुल्डी धेरै भेटिन्छन् । अहिले मनसुन लागेसँगै राजधानीका सडक हिलाम्मे छन् । चक्रपथभित्रका कालोपत्रे सडक ढलान नहुँदा पानी जमेर खोलाझैं बग्छन् । पानी परेको बेलामा सवारीसाधन रोकेर राख्नुपर्ने दरिद्र अवस्था छ काठमाडौंका सडकको । चक्रपथ बाहिर कालोपत्र उप्केर हिँडिनसक्नु हुन्छ ।

यसको वास्तविकता त्यतिमै सिमित छैन । कतिपय सडक वर्षौंदेखि टेण्डरमा परेर बन्न सकेका छैनन् त कतिपय सरकारले बनाउन चाहिरेको छैन । यसको सम्पूर्ण असर भने आम नागरिकलाई नै छ । पानी प¥यो सवारी रोक्नुपर्ने, घाम लाग्यो धुवाँ र धुलोले हिँडिनसक्नु हुन्छ । सडक निर्माणमा सरकारको लापरबाही त्यत्तिकै देखिन्छ, किनभने खराब सडककै कारण दुर्घटनामा परेर सयौंले ज्यान गुमाइसकेका छन् । नख्खु– भैंसेपाटी, चाबहिल–कलंकी, चाबहिल–जोरपाटी लगायतका सडकमा वर्षायाममा हिँडिनसक्नु हुन्छ । कतिपयले यी माथि उल्लेखित सडकलाई ज्यानमारा सडकको नाम दिएका छन् । अव्यवस्थित सडक निर्माणका कारण ठाउँठाउँमा ढल राख्दा जोखिम त निम्त्याएको छ नै साथमा केहीले ज्यानसमेत गुमाइसकेका छन् । यस बारेमा सरकार अझै गम्भीर नबन्ने हो भने नागरिकले ज्यान जोखिममा हालेर हिँड्नुको अर्को विकल्प छैन ।

न्यूज एजेन्सी नेपालकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com