ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा सरुवा रोगको त्रास, अस्पतालमा झाडापखालामा बिरामी बढे


एबीसी / संवाददाता

काठमाडौँ, २७ जेठ । मध्य बर्खा, त्यसमाथि फोहोर थुप्रिन थालेपछि उपत्यकामा सरुवा रोगको त्रास बढेको छ । मनसुनमा त्यसै पनि बिरामी बढ्ने भए पनि पछिल्लो दुई सातादेखि उपत्यकामा फोहोर थुप्रिन थालेपछि त्यसको असर अस्पतालमा देखिन थालेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय दैनिक १० जना बढी झाडापखालाका बिरामी पुग्न थालेका छन् । दुई सातादेखि उपत्यकामा फोहोर नउठेकाले पनि त्यसको असर पर्न थालेको चिकित्सकहरूको आशंका छ । अस्पतालमा सामान्यदेखि सिकिस्त बिरामीसम्म पुगेका छन् । मनसुन सुरु भइसकेको र अब फोहोर व्यवस्थापन भएन भने फोहोर पानीमा जीवाणु मिसिने र त्यसले हैजासमेत फैलनसक्ने जनस्वास्थ्यविद् डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

अस्पताल पुग्ने बिरामीमा पेट दुख्ने, रुघाखोकी, ज्वरो, झाडापखाला र आउँ पर्ने समस्या रहेको छ । यी सबै दूषित पानी र खानेकुराका कारण हुने रोग हुन् । फोहोरबाट झाडापखाला, हैजा, जुका, पेटको समस्या, करेला र छालासम्बन्धी रोगका देखिने चिकित्सकहरू बताउँछन् । यस्तो अवस्थामा स्वस्थ्य खानेपानी र स्वस्थ्य जीवनशैली अपनाउन डा. पुनको सुझाव छ । हप्तौंदेखि थुप्रिएको फोहरले दैनिक ज्यालादारी गरेर खाने वर्ग प्रताडित छ । आफ्नो घर र व्यापार गर्ने थलो अघिल्तिर फोहोरको डुंगुर थुप्रिँदा पैदलयात्री, व्यवसायी र स्थानीय त प्रभावित छन् । व्यवसाय र पैदलयात्रुको प्रभावित हुनुको अलावा ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य जोखिममा पर्दै गएको छ । उनीहरु आफ्नो स्वास्थ्यप्रति चिन्तित छन् । फोहोरका कारण स्वास्थ्यमा असर परेको अनुभव उपत्यकाबासीले गर्न थालिसकेका छन् ।

स्थानीय जनप्रतिनिधि उठाउने सहज प्रबन्ध नभएसम्म फोहोर घरमै राख्न सल्लाह दिन्छन् । बाटोमा फोहोरको थुप्रो लाउँदा अरूको स्वास्थ्य प्रभावित हुने उहाँकाे तर्क छ । व्यवस्थापन गर्न जान्दा फोहोर मोहोर हो भने नजान्दा रोग हो । कारण जे सुकै भएर फोहोर नउठेपछि स्वास्थ्य बिग्रिँदा दुःख पाउने नागरिकले नै हो । महँगो उपचारमा आफूलाई धकेल्नुभन्दा स्वास्थ्य चेतनामा आफूलाई अब्बल राख्नु सर्वोत्तम उपाय हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com