ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुदानको धानको बीउ महँगोमा किसानलाई वितरण


एबीसी / संवाददाता
जेष्ठ २६, २०७९ बिहीबार   २ : २९   बजे

काठमाडौं, २६ जेठ । ।रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई बिक्री गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो रु ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो । अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको स्थानीय कृष्ण पराजुली बताउनुहुन्छ । उहाँले १२ किलो सावित्री, पाँच किलो साँवा मन्सुली गरी १८ किलो धानको बीउ प्रतिकिलो रु ४५ मा खरिद गरेको बताउनुभयो ।

यस्तै बिरमला कुमालले सहकारीबाट १५ किलो उन्नत जातको बीउ ल्याउनुभयो । उहाँलाई अनुदानमा ल्याएको धानको बीउको खरिद बिक्री मूल्य भने थाहा थिएन । “बीउ खरिद गरेर घर लगेपछि सहकारीले रामपुर नगरपालिकाबाट अनुदानमा ल्याएको धानको बीउ चर्को मूल्यमा बिक्री गरेको थाहा पाए”, उहाँले भन्नुभयो । सहकारीका अध्यक्ष भेषबहादुर वंशीले भने ढुवानी, भण्डारण खर्च, धान वितरणका निम्ति परिचालित जनशक्तिको खर्चसहित संस्थाले प्रतिकिलो रु ३९ मा खरिद गरेको बीउ रु ४५ का दरले किसानलाई वितरण गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बीउ वितरण तथा व्यवस्थापनका लागि जनशक्ति परिचालन गरेका थियौँ, उनीहरुलाई खाजा व्यवस्थापन, खुल्ला धान बिक्री गर्दा पैसा फिर्ता गर्न झण्झट हुने भएकाले सहकारीले रु ४५ मै बिक्री वितरण गरेको हो ।” पालिकाको केन्द्र बेझाड बजारदेखि रजघरा पुग्न पक्की सडकमा सवारी साधनमा करिब १० मिनेट समय लाग्छ । सो दुरीको ढुवानी भाडा नै जोडेपनि प्रतिकिलोमा रु ६ मूल्य अधिक रहेको स्थानीयवासी बताउँछन् । सहकारीबाट किसानले सहुलियत मूल्यमा बीउ पाइएला भन्ने आशा गर्नुभएकी बसुन्धरा कँडेल डोटेल महंगो मुल्यमा खरिद गर्नुपरेको गुनासो गर्नुहुन्छ । यस्तै स्थानीय तुल्सी खनालले साँवा मन्सुली जातको ३५ किलो (एक बोरा) धान प्रतिकिलो रु ४५ का दरले रु एक हजार ५७५ मा खरिद गर्नुभएको छ । उहाँले सहकारीले जुन कायम ग¥यो सोही मूल्यमा धान खरिद गरेर ल्याएको बताउनुभयो । अनुदानको बीउ सहकारीले महँगोमा बिक्री गर्नु गलत भएको रामपुर–३ का वडाध्यक्ष दामोदर पाठकले बताउनुभयो । “किसानलाई सेवा दिने उद्देश्यले नगरले अनुदान कार्यक्रम ल्याएको हो, सहकारीलाई नाफा गर्न होइन, नाफाघाटाको कुरा जोड्न भएन, जनताले सहुलियत रुपमा सेवा पाउनुप¥यो, यसबारे संस्थासँग जानकारी माग्छौँ”, उहाँले भन्नुभयो ।

रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय नेपाल सरकारले तोकेको मूल्यका आधारमा प्रतिकिलो रु ७८ पर्ने धानलाई ५० प्रतिशत अनुदानमा रु ३९ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमति दिई कृषि सहकारी, समूह र कृषकलाई उपलब्ध गराएको बताउनुहुन्छ । “मूल्य बढाएर किसानलाई धान बिक्री गरेको जानकारी हामीलाई आएको छ, सहकारीले हामीलाई स्पष्टीकरण भने अहिलेसम्म सोधेको छैन”, प्रमुख पाण्डेयले भन्नुभयो ।

सो सहकारीलाई नगरपालिकाले पाँच हजार ५०० किलो बीउ उपलब्ध गराएको हो । नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागको आधारमा साबित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो ।

रामपुरमा केही सहकारी समूहले पनि रु दुईदेखि रु चारसम्म प्रतिकिलोमा ढुवानी मूल्य जोडेर बीउ वितरण गरेको पाइएको छ । पालिकाले दिएको सहुलियत मूल्यमा चर्को मूल्य जोडेर बीउ वितरण गर्दा किसान मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group