ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीको नीति तथा कार्यक्रम : बेरोजगारलाई गरिखाने अभियान (पूर्णपाठ)


एबीसी / संवाददाता
जेष्ठ २४, २०७९ मंगलबार  १० : १४ बजे

पोखरा, २४ जेठ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।मंगलबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका २८६ बुँदामा केही महत्वाकांक्षी र केही पुरानै योजना राखिएका छन् ।

थ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पहिलो बैठकले २ वर्षभित्र सबै प्रदेशवासीको घरधुरीमा आधारभूत खानेपानी पुर्‍याउने निर्णण गरेको थियो र त्यसैअनुरुप नीति तथा कार्यक्रम र बजेट पनि सार्वजनिक भएको थियो । योसँगै २ वर्षभित्र नै उज्यालो प्रदेश घोषणा गरिने बताएको थियो । तर, त्यो कार्यक्रम सम्पन्न हुन अझै २ वर्ष लाग्ने भन्दै वर्तमान सरकारले पनि नीति तथा कार्यक्रममा निरन्तरता दिएको छ ।

कार्यक्रम घोषणा भएको करिब साढे ४ वर्षपछि अहिले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएको अन्तिम नीति तथा कार्यक्रमले सबै जनताको पहुँचमा खानेपानी र बजिुली पुग्न अझै २ वर्ष लाग्ने बताएको हो ।

नीति तथा कार्यक्रममा अबको २ वर्षभित्र खानेपानीको पहुँचमा सबै जनातालाई पुर्‍याउने र २०८० भित्र उज्यालो प्रदेश घोषणा गर्ने बताइएको छ । यसपटक सरकारले पूर्वाधार विकासमा कम र खुद्रे कार्यक्रमलाई बढी प्राथमिकतामा राखेको छ ।

गण्डकी प्रदेशले यसै वर्षदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी मृगौला प्रत्यारोपण सेवा प्रदेशमा नै आरम्भ गर्ने घोषणा गरेको छ । प्रतिष्ठानसँगकै सहकार्यमा गण्डकी प्रदेशमा ५० शय्याको मुटु रोग अस्पताल स्थापना गरिने कार्यक्रम सरकारले ल्याएको छ ।

 

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com