काठमाडौँ, २३ जेठ । मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको छ । निगममा भएका कामकारबाहीलाई लिएर सोधिएका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै मन्त्रिपरिषद्ले पौडेललाई बर्खास्त गर्ने निर्णय लिएको हो । पौडेललाई सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको मन्त्रिपरषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले जानकारी दिए ।एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियु्क्त गरेको थियो ।
उनको नेतृत्वमा निगमलाई निजीकरण गर्ने प्रक्रिया अघि बढेको थियो । निगमलाई निजीकरण गर्न खोजिएपछि निगमका कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।देउवा नेतृत्वको सरकारमा आले पर्यटनमन्त्री बनेर आएपछि निगमलाई निजीकरण गर्न नहुने भन्दै प्रक्रिया रोकिएको थियो । पौडेललाई राष्ट्रिय सम्पतिलाई निजीकरण गर्न लागेको, निगमको व्यवस्थापन लगायतका विषयमा सरकारले स्पष्टिकरण माग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्