ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्थ डे मनाउन बोलाएर सामुहिक बलात्कार


एबीसी / संवाददाता
जेष्ठ २३, २०७९ सोमबार  १ : २९ बजे

काठमाडौं, २३ जेठ  ।  बाँकेमा फेसबुकबाट चिनजान र प्रेम सम्बन्ध राखेका एक युवाले भेट्न बोलाएर एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका छन् । बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार फेसबुकमा एक वर्षदेखि चिनजान भएका बाँके बैजनाथ गाउपालिका– ८ का १७ बर्षका हेमराज थारुले शनिबार आफ्नो जन्म दिन छ भनेर किशोरीलाई भेट्न बोलाएका थिए ।

प्रेमीको जन्म दिन मनाउन बाँके–बर्दिया सीमानाको मानखोलामा पुगेकी किशोरीलाई प्रेमी हेमराजसहित अन्य ५ जनाले जंगलमा लगेर मदिरा खुवाई पालै पालो बलात्कार गरेका थिए ।

प्रहरी प्रवता न्यौपानेले किशोरीलाई शुरुमा मानखोलाको जंगल र पछि बैजनाथस्थित टहरामा लगेर दुईदिनसम्म बलात्कार गरेको बताए ।बलात्कारमा संलग्न ५ जना र सहयोगी २ जना सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेमी हेमराज थारु, निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु छन् ।

बलात्कारबाट बेहोस भएकी किशोरीलाई दुई जनाले मोटरसाइकलमा राखेर नेपालगञ्ज ल्याउँदै गर्दा प्रहरीले शंका लागेर किशोरी सहित ३ जनालाई नियन्त्रणमा लिएको थियो ।किशोरीले होसमा आएपछि प्रहरीसँग उनीहरुले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन् । त्यसपछि खटिएको प्रहरीले थप ५ जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए । बलात्कारमा परेकी किशोरीलाई उपचारपछि आश्रयस्थलमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com