ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कागजमै सिमित विराटनगरको चक्रपथ योजना


admin
माघ २, २०७४ मंगलबार   ५ : १९   बजे

 

काठमाडौं, २ माघ । विराटनगर बाहिरी चक्रपथको निमार्णले अझै गति लिन सकेको छैन । चक्रपथ निर्माणको योजना अघि सारेको २० बर्ष वितिसकेको छ तर निर्माणाधीन चक्रपथ भने फुटबल चौर र गौचरणमा परिणत भएको छ ।

सरकार र स्थानियबिच मुआब्जा विवाद उत्सर्गमा पुगेपछि निर्माणमा समस्या आएको हो ।
चक्रपथ निर्माणका लागि मुआब्जा नदिई जग्गा अधिग्रहण गर्न खोजेपछि विवाद उब्जिएको थियो । सोही कारण झोराहाट, दरैया र केशलिया क्षेत्रमा ट्रयाक र पक्की पुल निर्माण हुन सकेको छैन भने झोराहाटका बासिन्दाले मुआब्जा माग गर्दै अदालतमा मुद्धा दायर गरेका छन् । त्यस्तै रानीबाट पश्चिमी क्षेत्रमा पनि मुआब्जा विवाद छ ।

सरकारले चित्तबुझ्दो मुआब्जा नदिई जग्गाधनीलाई मर्का पार्ने गरी चक्रपथ विस्तार गरेकोे स्थानियको गुनासो छ ।

चक्रपथका लागि चाहिने दुई सय ११ बिघा जमिन सरकारले जग्गाधनीबाट निःशुल्क प्राप्ती गरेको छ । मुआव्जा नदिए पनि जग्गाधनीहरुलाई शोधभर्ना उपलब्ध गराउने सरकारी योजना छ । तर, केही स्थानमा स्थानीयले विरोध जनाउँदै मुआव्जाको माग गरेपछि निर्माणमा अवरोध सिर्जना भएको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन प्रमुख श्यामकिशोर सिंहको अनुसार चक्रपथ निर्माणमा ढिलासुस्ती हुनुमा मुआब्जाको कारणमात्र नभई अन्य कारण पनि रहेको छ । सिंहका अनुसार रानी पश्चिममा तीन वटा घर र पुरानो सलाई फ्याक्ट्रीका साथै प्रादेशिक प्रहरी कार्यालयको पर्खालका कारण सडक स्तरोन्नती रोकिएको हो । प्रहरीले पर्खाल भत्काए पनि सलाई फ्याक्ट्रीले अदालतमा मुद्दा दायर गरेकाले काम अगाडि बढाउन नसकिएको सिंहको भनाई छ ।

विराटनगरमा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै चक्रपथको योजना अघि सारिएको थियो । जम्मा ४२ किलोमिटरको उक्त सडक योजनामा हालसम्म ३५ किमिको ट्रयाक तयार भएको छ भने बाँकी सात किलोमिटर खनिएकै छैन ।

सडकखण्ड निर्माणका लागि आर्थिक वर्ष २०७०र७१ मा १४ करोड ५७ लाख ४० हजार रुपैयाँ बजेट आएको थियो भने २०७१र७२ मा ६ करोड ८७ लाख रुपैयाँ आएको थियो । यस्तै, आव २०७२र७३ मा पनि पाँच करोड ६१ लाख रुपैयाँ आएको थियो । तर, काम हुन नसकेकाले अधिकांश रकम फ्रिज हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेशी पार्टी सक्किएको छैनन , कर्ण, वरिष्ठ उपाध्यक्ष, जसपा, भिडियो

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group