काठमाडौं, २१ जेठ । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले होस्टलमा बस्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। होस्टलमा बस्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्ने आरोप लागेपछि होस्टेल वार्डेनको खोजी भइरहेको प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डराज न्यौपानेले जानकारी दिए। ‘यौन दुर्व्यवहार भएको भन्ने छ।
जाहेरी आइसकेको छैन,’ उनले भने, ‘बलात्कार हो भन्ने कुराहरू पनि आइरहेका छन्। तर हामीले सोधपुछ गर्न पाइसकेका छैनौं।’तीन जना छात्रामाथि दुर्व्यवहार गरेको खुलेको उनले बताए।पीडित छात्राका अभिभावक आज विद्यालयमा गएर उजुरी गरेपछि प्रहरीको टोली त्यहाँ पुगेको हो। केहीबेर त्यहाँ तनाव समेत भएको प्रहरीले जनाएको छ। ‘बच्चाहरूले विद्यालयमा कम्प्लेन गरेपछि हामीलाई खबर भयो,’ उनले भने, ‘हाम्रो टोली गएको छ। प्रिन्सिपलसँग कुराकानी भइरहेको छ। वार्डेनको खोजी भइरहेको छ।’
प्रतिक्रिया दिनुहोस्