ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवाले भने –दलाई लामाको अफिस बन्द गर्ने मै हो, चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुँदैन


एबीसी / संवाददाता
जेष्ठ २१, २०७९ शनिबार  ११ : ०६ बजे

काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षीलगायतका दलहरूले छिमेकी चीनसँगको सम्बन्धको सन्तुलन गुमाएको भन्दै आलोचना गरिररहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले चीनबारे नेपालको धारणामा कुनै बदलाव नआएको स्पष्ट पारेका छन् । तिब्बती शरणार्थी मामिला हेर्ने अमेरिकी अमेरिकी उपमन्त्री उज्रा जियाले जेठ पहिलो साता नेपाल भ्रमण गरेको विषयमा समेत प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाउँदै सरकारप्रति संसद्‌मै आलोचना गरेको थियो । यही सन्दर्भतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले शनिबार एक कार्यक्रममा तिब्बती शरणार्थीको कार्यालय आफैले बन्द गराएको घटना समेत स्मरण गरे ।

चीनको सम्बन्धमा कुरा गर्ने हो भने एक चीन नीति हाम्रो पहिलेदेखि नै हो । अहिले पनि छ । कुरै गर्ने हो भने कोही कसैले हिम्मत नगरेको काम मैले गरेको हो । दलाई लामाको अफिस नै मैले बन्द गरेको हो । सबै प्रधानमन्त्री भएका हैनन् ? कसैले बन्द गरे ? त्यसैले चीनको सम्बन्धमा नेपाल प्रस्ट छ । नेपालको भूमि चीनको खिलाफमा कुनै हालतमा प्रयोग हुँदैनु प्रधानमन्त्री देउवाले भने ।२०६१ सालमा प्रधानमन्त्री भएका बेला देउवाले नेपालस्थित तिब्बती शरणार्थीको कार्यालय बन्द गराएका थिए । देउवा अहिले प्रधानमन्त्री भएपछि उनले भारतको भ्रमण गरिसकेका छन् । केही समयपछि अमेरिकाको भ्रमण जाँदैछन् । उनले आफ्नो भारत भ्रमण र हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले नेपाल भारतको सम्बन्ध थप प्रगाढ बनाएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com