ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढिलोमा आगामी १० मंसिर भित्र मतदान सक्नेगरी प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने निर्वाचन आयोगको अनौपचारिक तयारी


एबीसी / संवाददाता

काठमाडौं, १९ जेठ। निर्वाचन आयोगले ढिलोमा आगामी १० मंसिर भित्र मतदान सक्नेगरी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको अनौपचारिक तयारी थालेको छ । २१ मंसीर २०७९ मा प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुको पदावधि सकिने भएकाले त्यसअघि नै नयाँ सांसद निर्वाचित हुनेगरी आयोगले आन्तरिक तयारी थालेको हो ।‘दुई चरणमा भए ढिलोमा मंसिर १० गतेभित्र, एकै चरणमा भए त्यसअघि सकिने गरी निर्वाचनको तयारी गर्नुपर्ने देखिन्छ’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘कानून अनुसार हेर्दा २२ मंसिरपछि अहिलेका सांसदहरु ९प्रतिनिधि सभा र प्रदेश सभा०को पदावधि सकिन्छ । त्यसभन्दा अघि नै नतिजा आउने गरी निर्वाचन हुनुपर्ने देखिन्छ ।’निर्वाचन आयोगका अर्का आयुक्तका अनुसार अहिलेसम्म पदाधिकारीहरुको बैठकमा औपचारिक रुपमा आगामी निर्वाचनका बारेमा छलफल सुरु भएको छैन । अनौपचारिक रुपमा भने दशैंतिहार लगत्तै निर्वाचन गर्नुपर्नेवारे छलफल भएको उनी बताउँछन् ।२२ मंसिरपछि अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाको अवधि सकिने, त्योभन्दा ज्यादा अघि पनि दशैंतिहार जस्ता चाडवाड पर्ने भएकाले मंसिर लागेपछि १०र१२ गतेभित्र निर्वाचन हुनेगरी आयोगले तयारी थालेको हो । १० मंसिरपछि निर्वाचन गर्दा हिमाली जिल्लामा हिमपात भएर कठिनाई हुने अनि सांसदहरुको पदावधिसमेत सकिएर रिक्तताको अवस्था आउने भएकाले ढिलोमा १० मंसिरको समय सीमामाथि छलफल हुने आयोगका कर्मचारीहरुको भनाइ छ ।

एक चरण कि दुई चरण ?

स्थानीय निर्वाचनमा बाजुराको बुढीगंगा नगरपालिकाको १० मतदानस्थल सहित देशभर ८५ ठाउँमा निर्वाचन स्थगित भएर पछि मतदान भएको हो । निर्वाचन आयोगले आफ्नो कारणले नभएर सुरक्षा व्यवस्थाको त्रुटी वा कमजोरीका कारणले सबै केन्द्रमा मतदान अबरुद्ध भएको निष्कर्ष निकालेको छ ।

आयोगका एक पदाधिकारीका अनुसार, एकैचोटी वा दुई चरणमा निर्वाचन गराउनुपर्ने भन्नेवारे सिफारिस गर्नुअघि आयोगले सुरक्षा र गृह प्रशासनका अधिकारीहरुसँग छलफल गर्ने तयारी गरेको छ । ‘आगामी निर्वाचनमा अहिलेको स्थानीय निर्वाचनमा झै सुरक्षा त्रुटी र कमजोरी नहुने सुनिश्चित गर्ने हो भने एकै चरणमा निर्वाचन गराउन आयोग सक्षम छ’ ती पदाधिकारीले भने, ‘होइन भने आयोगले अनावश्यक आलोचना र बदनामी खेप्नुभन्दा दुई चरणमा निर्वाचन गरौं भनेर सिफारिस हुनेछ ।’ दुई चरणमा निर्वाचनको सिफारिस भएमा चिसो मौसम सुरु हुने भएकाले हिमाली जिल्लाको बाहुल्य रहेको कर्णाली, गण्डकी लगायतका प्रदेशहरुमा आयोगले पहिलो चरणमा निर्वाचन गराउनेछ । अहिलेको कानुनले एउटा प्रदेशमा एकै चरणमा निर्वाचन गराउनुपर्ने भएकाले सुरक्षा चुनौती देखिएको मधेश र ज्यादा मतदान केन्द्रको व्यवस्थापन गर्नुपर्ने लुम्बिनी प्रदेशमा अर्को चरणमा निर्वाचन गर्ने तयारी छ ।

दुई चरणमा निर्वाचन गर्नुपरेमा निर्वाचन सामग्रीको ढुवानी र मतपेटिकाको सुरक्षाका लागि अतिरिक्त खर्च लाग्ने आयोगको अनुमान छ । दुई चरणमा निर्वाचन गर्नुपर्नेमा एउटै भौगोलिक क्षेत्रमा समेत दुई पटक निर्वाचन सामग्री ओसार्दा ढुवानी खर्च बढ्छ । अर्कोतर्फ फरक फरक मितिमा निर्वाचन भए पनि अन्तिम चरणको मतदान सकिएपछि मात्रै सबैतिर मतगणना हुन्छ ।एउटा र अर्को चरणको मतदानको मिति कम्तिमा १० दिनजति हुन्छ । त्यसका लागि पहिलो चरणमा निर्वाचन भएको ठाँउमा समेत सुरक्षाकर्मी र कर्मचारीले मतपेटिकाको सुरक्षा गरेर बस्नुपर्ने भएकाले उनीहरुको व्यवस्थापनमा थप खर्च लाग्छ । निर्वाचन आयोगको आर्थिक प्रशासन महाशाखाका एक अधिकारीका अनुसार, दुई चरणमा निर्वाचन गर्नुपरे ढुवानी र मतपेटिकाको सुरक्षाको लागि कम्तिमा ३० देखि ५० करोड रुपैयाँ थप खर्च हुनसक्छ । यसमा गृहमन्त्रालयले सुरक्षाकर्मी ओसार्दा हुने खर्चको हिसाव भएको छैन ।

निर्वाचनको तयारीका लागि मतदानको मितिभन्दा कम्तिमा १ सय २० दिनअघि निर्वाचनको मिति घोषणा हुनुपर्ने मान्यता छ । आयोगले ९० देखि सय दिनमा पनि निर्वाचन गर्न सकिने भनी स्थानीय निर्वाचनमा मिति तोक्न सरकारलाई दबाब दिएको थियो ।यसपटक भने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको ठिक अघि छठ, तिहार र दशैं पर्ने भएकाले चार महिनाको तयारी चाहिने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् । यसरी हेर्दा १० मंसिरमा मतदान हुन ढिलोमा पनि १० साउनमा निर्वाचनको मिति तोकिनुपर्छ । दुई दिनअघि सत्तारुढ गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असारभर तालमेल टुंग्याउनुपर्ने अभिव्यक्ति दिएका थिए ।निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाले काठमाडौं उपत्यका र बाहिर महानगरपालिका रहेका जिल्लामा विद्युतीय मतदान गराएर आवश्यक पर्ने पूर्वाधार र स्रोतसाधनको गृहकार्य गरिरहेको छ । आयोगले काठमाडौं उपत्यकासहित महानगरपालिका रहेका जिल्लामा विद्युतीय मतदानको प्रस्ताव सरकारलाई बुझाउने तयारी गरेको हो ।आयोगका एक प्राविधिकका अनुसार, प्रस्ताव अघि बढेमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मोरङ, पर्सा र कास्कीमा विद्युतीय मतदान आवश्यक पर्नेछ । आयोगले प्रस्ताव उपयुक्त लागेमा विद्युतीय मतदान यन्त्र खरिद गरिदिन सरकारलाई प्रस्ताव पठाउनेछ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी एउटा मतदान केन्द्रमा चारवटा मेसिन आवश्यक पर्नेछ ।यी सात जिल्लामा १ हजार ११८ मतदानस्थल छन् । सबै शहरी र सघन बस्ती भएका मतदानस्थल भएकाले एउटामा एकभन्दा बढी मतदानकेन्द्र पर्नेछन् । हरेक मतदान केन्द्रमा चारवटा मेसिन आवश्क पर्ने भएकाले १० हजारको हाराहारीमा विद्युतीय मेसिन आवश्यक पर्ने देखिन्छ । तर यसबारेमा एकरदुई दिनमा विस्तृत विवरण बन्ने आयोगका प्राविधिकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com