काठमाडौं, १८ जेठ । काठमाडौंबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ ।बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।ठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो ।विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । ‘अब प्राविधिक जाँच गर्छौं’ प्रवक्ता सिटौलाले भने ।
प्रतिक्रिया दिनुहोस्