काठमाडौं, १७ जेठ । आईजीपी विवाद सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा पेसी रहेको मुद्दा लगाउमा पेसी चढेको थियो । डीआईजीहरु इश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले २०७८ चैतमा निवेदन दर्ता गराउनुभएको थियो । आईजीपी बढुवामा नपरेका विश्वराज पोखरेलले दायर गरेको रिट सँगै राखिएको थियो ।
पोखरेलले गत वैशाख १९ गते रिट दायर गर्नुभएको थियो । आफू पहिलो नम्बरमा भएकाले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने सरकारको निर्णय बदर हुनुपर्ने उहाको माग थियो । उहाको रिटको पहिलो सुनुवाइमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सर्वोच्चले आजदेखि अन्तिम सुनुवाइ हुने तोकेको थियो । तर, अदालतले तीन डीआईजीहरुको हकमा म्याद नै तामेली नभएको भन्दै मुद्दाको सुनुवाइ सारेको छ। अब अर्को सुनुवाइ नियमित पेसी चढ्दै हुनेछ। अर्को पेसी कहिले हुने भन्ने बेलुका मात्र थाहा हुने छ ।








प्रतिक्रिया दिनुहोस्