ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तारा एयरको हवाईजहाज दुर्घटना : ब्ल्याक बक्स भेटियो


एबीसी / संवाददाता
जेष्ठ १७, २०७९ मंगलबार  १० : २८ बजे

काठमाडौं, १७ जेठ । आइतबार विहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा दुर्घटनामा परेको तारा एयरको ट्विनअटर ९एन एइटी विमानको व्लाकबक्स फेला परेको छ । मंगलबार विहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्लाकबक्स फेला पारेको हो ।

प्रतिकूल मौसमका कारण विमान दुर्घटनामा भएको प्रारम्भिक अनुमान गरिएपनि यो बक्स फेलापरेसँगै दुर्घटना बारे थप अनुसन्धान गर्न सहज हुने भएको छ । विमानको पुच्छरमा रहेको इन्धनभित्र ब्लाकबक्स फेला परेको माउन्टेन गाइड शाहीले जानकारी दिनुभयो । दुर्घटना कसरी भयो भन्ने विस्तृत जानकारी बक्समा रेकर्ड हुनेछ । ब्लाकबक्स आगलागी हुँदासमेत नजल्न प्राविधिकहरुले जनाएको छ ।

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरी सकेको छ । आयोगका सदस्यहरूमा क्याप्टेन दीपु ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।

नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार आइतबारको तारा एयरको सहित ६७ वर्षको इतिहासमा १०८ वटा हवाई दुर्घटना भएका छन् । यी सबै दुर्घटनामा झन्डै नौ सय जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com