काठमाडौं, १७ जेठ । धावनमार्ग नजिकै तेल ट्यांकर पल्टिएपछि पोखरा विमानस्थलमा उडान एवं अवतरण अवरुद्धपोखरा विमानस्थलको धावनमार्ग नजिकै तेल बोकेको ट्यांकर पल्टिएपछि पोखराबाट हुने उडान एवं अवतरण अवरुद्ध बनेको छ । आज बिहान हेलिकोप्टरमा तेल भर्न जान लागेको बेलामा धानवमार्ग नजिकै रहेको सडकमा तेल ट्यांकर पल्टिएको थियो ।
त्यसलगत्तै विमानस्थल प्रशासनले उडान एवं अवतरणका सबै कार्य रोकेको हो ।अहिले पल्टिएको ट्यांकर हटाउने काम भैरहेकोछ । बिहान ९ बजेसम्म विमानस्थल सुचारु हुने विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्