ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तारा एयर दुर्घटना : डिभोर्सअघि छोराछोरीसँग घुम्न आएका थिए भारतीय दम्पति


एबीसी / संवाददाता
जेष्ठ १६, २०७९ सोमबार  ३ : २६ बजे

काठमाडौं – तारा एयरको विमान दुर्घटनामा चार जना एकै परिवारका भारतीयको मृत्यु भएको छ । भारतको महाराष्ट्रको ठाणेबाट एकै परिवारका चार जनाको पनि अन्तिम यात्रा बनेको छ ।

विमान दुर्घटनामा परेका एकै परिवारका चार जनामा अशोक त्रिपाठी (५४), उनकी श्रीमती वैभवी बाँडेकर–त्रिपाठी (५१), छोरा धनुष त्रिपाठी (२२) र छोरी ऋतिका त्रिपाठी (१८)रहका छन् । मुक्तिनाथ दर्शनका लागि हिडेका उनीहरु डिभोर्सअघि परिवार सँगै घुम्न निस्किएको भारतीय मिडियाहरुले खुलासा गरेका छन् ।

अशोक त्रिपाठी श्रीमती वैभवीसँग अलग्गै बस्दै आएका थिए । दुवैको सम्बन्धविच्छेद हुन लागेको थियो र मुद्दा अदालतमा थियो । दुवै छोराछोरी वैभवीसँगै बस्थे । त्यसैले अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै बिताउन आदेश दिएको थियो । यसै क्रममा चारैजना नेपाल आएको रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्ट अनुसार अशोकसँगै उनका एक जना काका पनि जान लागेका थिए तर उनले अन्तिम समयमा योजना परिवर्तन गरेका थिए । अशोल उडिसामा एक एचआर कन्सल्टेन्सी चलाउने गर्दथे भने वैभवी मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्समा रहेको एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्ने गरेको उल्लेख गरिएको छ ।

आइतबार बिहान जोमसोमको लागि उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान फेला परेको हो । अहिलेसम्म विमानमा रहेका २२ जना मध्ये १६ जनाको शव फेला परेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com