ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेलको गन्ध आएको ठाउँ हेर्दै जाँदा दुर्घटनाग्रस्त जहाज भेटियो


एबीसी / संवाददाता
जेष्ठ १६, २०७९ सोमबार  १० : २५ बजे

काठमाडौं, १६ जेठ । मेरो नाम विशाल घर्ती हो । घर बाग्लुङ पर्छ । म वैशाखको ५, ६ गतेदेखि नै यार्सागुम्बा सङ्कलनको लागि मुस्ताङमा छु । हिजो बिहान म साथीहरुसँगै यार्सागुम्बा सङ्कलन गर्दै थिएँ । उताबाट जहाज उडेको आवाजसँगै एक्कासी ड्वाङ्ग गरेको अर्को आवाज आयो । डम्म बादल लागेकोले केही पनि देखिएन । साथीहरु कोही बास बस्ने गोठमा थिए । हामी चार जना चाहिँ पाखामा यार्सागुम्बा सङ्कलन गर्दै थियौँ ।

आवाज आउनेबित्तिकै जहाज दुर्घटना भयो भन्ने लाग्यो । केहीबेरपछि जहाज हराएको हल्ला पनि फैलियो । त्यसपछि हामी त्यहाँ भएका सबै मिलेर वरपर खोज्यौँ । तर पानी र बादलले गर्दा केही देखिएन । बेलुकी अबेरसम्म खोज्दा पनि नभेटेपछि गोठमा फर्किएर सुत्यौँ।

अनि आज बिहान ५ बजे चिया पिउनेबित्तिकै हामी खोज्न भनेर निस्कियौँ । सुरुमा तीन जना गयौँ । डम्म बादल लागेकाले नजिककै ठाउँ पनि देखिने अवस्था थिएन । लगभग एक घन्टा हिँडेपछि तेलको गन्ध आयो । साथीहरु अलि माथि थिए । म चाहिँ गन्ध आएको ठाउँको नजिक थिएँ । त्यसपछि मैले साथीहरुलाई बोलाएँ । यता तेलको गन्ध आएको छ भनेपछि साथीहरु पनि आए । गन्ध आएको ठाउँतिर जाँदा पाखाको ढिस्कोमा जहाज टुक्राटुक्रा अवस्थामा देखियो । कोही जीवित छन् कि भनेर वरपर हेर्यौँ । तर त्यस्तो भेटिएन । अनि मैले तल मेरो भिनाजु यामप्रसाद बुढाथोकीलाई खबर गरेँ। त्यसपछि मलाई असई साबले फोन गर्नुभयो । अनि उहाँलाई दुर्घटनाग्रस्त जहाजको फोटो पठाएँ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com