ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रद्धारा राजीनामा


एबीसी / संवाददाता

काठमाण्डौ, ११ जेठ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको निरासाजनक परिणाम आएको जनाउँदै अध्यक्ष पदबाट आज राजीनामा दिनुभएको हो ।

“विगत पाँच वर्षको समयमा तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रुपमा निःस्वार्थ र इमान्दार प्रयास गर्दागर्दै निर्वाचनमा निरासाजनक परिणाम आएकाले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा राजीनामा दिएको छु, आगामी दिनमा पार्टीको साधारण सदस्यमात्र रहिरहनेछु”, विज्ञप्तिमा भनिएको छ ।

उहाँले आफ्ना पार्टीका उम्मेदवार इमान्दार र सक्षम हुँदाहुँदै पनि राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी आफूले लिने स्पष्ट पार्नुभयो । बाराको एक स्थानीय तह र दुई वडामा आफ्नो पार्टीका उम्मेदवार विजयी हुनु उम्मेदवारकै लोकप्रियताले भएको सो पार्टीले जनाएको छ । अध्यक्ष मिश्रले विगत पाँच वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य आफ्नो पार्टीलाई आर्थिक, नैतिक र भौतिकरूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिनुभएको छ ।

उहाँले विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेको बताउँदै विवेकशील साझाले उठाएका प्रमुख मुद्दा सम्बोधन नगरेसम्म देशको रुपान्तरण सम्भव नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com