ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पालिकामा नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आजदेखि सुरु


एबीसी / संवाददाता

काठमाडौं, ६ जेठ ।  पालिकाहरुमा नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आजदेखि सुरु भएको छ । २०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल गएरातिदेखि सकिएसँगै नयाँ जनप्रतिनिधिको कार्यकाल आजदेखि सुरु भएको हो । तर, नयाँ कार्यकालका लागि भएको चुनावमा केही ठाउँको नतिजा आउनै बाँकी छ।

धेरैजसो ठाउँँको भने अन्तिम नतिजा आइसकेको छ । चुनावको अन्तिम नतिजा नआए पनि जनप्रतिनिधिको कार्यकाल आजैदेखि सुरु भएको मानिने निर्वाचन आयोगले जनाएको छ ।

संविधानतः पालिकामा जनप्रतिनिधिविहीन हुन नहुने र पद रिक्त हुँदा सेवाग्राहीका काम प्रभावित भएमा के गर्ने भन्ने अन्योल देखिए पनि जेठ ५ गते अगावै चुनाव भइसकेकाले कानुनीरूपमा खास समस्या नपर्ने र व्यावहारिक पक्षमा सरकारले आवश्यक सहजीकरण गर्ने पनि निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचित जनप्रतिनिधिमध्ये नगरका मेयर र गाउँपालिकाका अध्यक्षले कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको सपथ लिनुपर्ने हुन्छ । मेयर र अध्यक्षले शपथ लिएको सात दिनभित्र गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपमेयर, वडा अध्यक्ष, गाउँ तथा नगर सभाका सदस्यले शपथ लिनु पर्ने कानुनी व्यवस्था छ ।

२०७४ सालमा ७ सय ५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल जेठ ५ गते सकिने भएपछि नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । ७ सय ५३ पालिकामा मेयररअध्यक्ष ७ सय ५३ तथा उपमेयररउपाध्यक्ष गरी ७ सय ५३ जना, ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ जना खुला वडा सदस्य गरी ३५ हजार २ सय २१ जना जनप्रतिनिधि रहने व्यवस्था छ । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com