ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेटिएको मतपेटिका खोलेर मतगणना गर्दा माओवादी उम्मेदवारले नै बाजी मारे


एबीसी / संवाददाता
जेष्ठ ५, २०७९ बिहीबार  ७ : ०८ बजे

काठमाडौं, ५ जेठ ।   भेटिएको मतपेटिका खोलेर मतगणना गर्दा बराबरी भएपछि गोलाप्रथा गर्दा पनि यसअघि विजयी घोषित माओवादी उम्मेदवारले नै बाजी मारेका छन्। बर्दिवास नगरपालिका वडा नम्बर ८ मा गन्दा गन्दै छुटेको बाकसको मतगणना सकिएर बराबरी भएपछि गोलाप्रथा गर्दा ६ दिनअघि नै विजयी घोषित माओवादी उम्मेदवारले बाजी मारेका हुन्। भेटिएको मतपेटिका खोलेर गन्दा माओवादी उम्मेदवार शमशेर सिंह र एमाले उम्मेदवार रुद्रबहादुर किङ्गरिग मगर बराबरी ७६७ मत ल्याएका थिए।त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले गरेको गोलाप्रथाबाट माओवादीका शमशेर सिंह नै विजयी भएका हुन्।

माओवादी केन्द्रका उम्मेदवार सिंहले जितेको ६ दिनपछि बिहीबार भेटिएको मत गन्दा बराबरी भएको थियो। तर उक्त मतपेटिकाको मत गन्दा जितिसकेका माओवादी उम्मेदवार र पराजित भएका एमाले उम्मेदवारको मत बराबरी भएको थियो। वैशाख ३१ मा विजयी माओवादीका लामाले ७५१ मत पाएका थिए भने एमालेका मगरले ७४४ मत पाएका थिए। बर्दिबास नगरपालिकाको कभर्ड हलमा भेटिएको मतपेटिका खोल्दा जितिसकेका माओवादी केन्द्रका शमशेर सिंह र पराजित भइसकेका एमालेका रुद्रबहादुर किङ्गरिग मगरले बराबरी ७६७ मत ल्याए। जितिसकेका माओवादी उम्मेदवार र पराजित भइसकेका एमाले उम्मेदवारको मत बराबरी भएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथा गरेको थियो। सबै वडाको मतगणना सकेर बर्दिबास ९ को अन्तिम गणना चलिरहँदा ६ दिनअघि नै गणना सकिएको बर्दिबास ८ को एउटा मतपेटिकाले जितिसकेका माओवादी उम्मेदवारलाई तनाव दिएको थियो। तर अब गोलाप्रथाबाट पनि माओवादीकै भाग्य खुलेको हो। गत वैशाख ३१ गते नै बर्दिबास (८ को मतगणना सकेर परिणाम सार्वजनिक गरिएको थियो। त्यसबेला निर्वाचन अधिकृतले बर्दिबास(८ मा माओवादी उम्मेदवार शमशेरसिंह लामा एमालेका रुद्रबहादुर किङ्गरिङ मगरलाई पराजित गर्दै विजयी बनेको घोषणा गरेका थिए। विजेताको टुंगो लागिसकेको वडाको नगनिएको मतपेटिका भेटिएपछि सर्वदलीय बैठक बसेर गनिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

सम्बन्धित

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

२२ वर्षीया युवतीको मृत्यु प्रकरण: घटना अनुसन्धान गर्न टोली गठन

त्रिभुवन विमानस्थलमा गृहमन्त्री सुधन गुरुङको छड्के अनुगमन

हनी ट्र्यापमार्फत ६ करोडभन्दा बढी असुलको आरोप : टिकटकर तुलसा अधिकारीसहित १० जनाविरुद्ध मुद्दा

ओली थप २ दिन हिरासतमा रहने

बादलको व्यंग्य : रास्वपाको ‘जितका लागि’ सेना, विदेशी शक्ति र सरकारी संरचना जलाउनेलाई बधाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com