ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हनी ट्र्यापमार्फत ६ करोडभन्दा बढी असुलको आरोप : टिकटकर तुलसा अधिकारीसहित १० जनाविरुद्ध मुद्दा


एबीसी न्यूज
चैत्र १९, २०८२ बिहीबार   ७ : ४८   बजे

काठमाडौँ, १९ चैत । हनी ट्र्यापमार्फत एक अटोमोबाइल व्यवसायीबाट ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम असुलेको अभियोगमा टिकटकर तुलसा अधिकारीसहित १० जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले तुलसा अधिकारीमाथि ठगी, आपराधिक लाभ, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग दर्ता गरेको हो।

अभियोगपत्रअनुसार, काभ्रे घर भई ललितपुरमा बसोबास गर्दै आएका अटोमोबाइल व्यवसायी शंकर चिमोरियासँग तुलसा अधिकारीको २०७५ सालमा व्यावसायिक सम्बन्धका क्रममा चिनजान भएको थियो। त्यसपछि व्यावसायिक भेटघाटको बहानामा सम्बन्ध नजिकिएपछि शारीरिक सम्बन्धको भिडियो तथा घटनालाई हतियार बनाएर ब्ल्याकमेलिङ सुरु गरिएको अनुसन्धानबाट खुलेको छ।

पीडितले सामाजिक प्रतिष्ठा जोगाउन भन्दै पटक–पटक गरी नगद, जिन्सी, सुनचाँदी, सवारीसाधन, मोबाइल फोन, पसल भाडा तथा अन्य शीर्षकमा ठूलो रकम तिर्न बाध्य भएको अभियोगपत्रमा उल्लेख छ।

प्रहरी अनुसन्धानका अनुसार पीडितबाट स्कुटर, आईफोन, सुनका गरगहना, पसल सजावट, विद्यालय शुल्कदेखि विदेशमा रहेका बैंक खातासम्म रकम पठाइएको देखिएको छ। बैंक स्टेटमेन्ट र बिलका आधारमा मात्रै करोडौँ रुपैयाँ बराबरको लेनदेन पुष्टि भएको जनाइएको छ।

यस प्रकरणमा तुलसा अधिकारीसँगै निलिका लामिछानेसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ। पक्राउ परेकी एक प्रतिवादीलाई साधारण जमानतमा रिहा गरिएको छ भने अन्य अधिकांश प्रतिवादी फरार रहेको जनाइएको छ।

अनुसन्धानले अवैध रूपमा असुल गरिएको रकम हुन्डीमार्फत विदेश, विशेषगरी चीनसम्म पुर्‍याइएको आशंका पनि औँल्याएको छ। मुख्य योजनाकार मानिएकी तुलसा अधिकारी हाल चीनमा रहेको अभियोगपत्रमा उल्लेख छ।

सरकारी वकिल कार्यालयले ठगी तथा आपराधिक लाभतर्फ ६ करोड ५२ लाख २९ हजार रुपैयाँभन्दा बढी बिगो कायम गरेको छ भने सम्पत्ति शुद्धीकरणतर्फ २१ करोड १२ लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

यो प्रकरणले पछिल्लो समय सामाजिक सञ्जाल व्यक्तित्व र आर्थिक अपराधबीचको सम्बन्धबारे गम्भीर बहस जन्माएको छ। प्रहरीले फरार प्रतिवादीहरूको खोजी तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group