ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ सय ५२ पालिकाको मत परिणाम सार्वजनिक : कांग्रेसको २ सय ४६ अरुको कति ?


एबीसी / संवाददाता
जेष्ठ ५, २०७९ बिहीबार  १ : ४५ बजे

काठमाडौं, ५ जेठ ।   पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५ सय ५२ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १ सय ६५ वटा नगरपालिका र ३ सय ८७ वटा गाउँपालिका गरी ५ सय ५२ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो।

कांग्रेस
अहिलेसम्म नेपाली कांग्रेस २ सय ४६ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८३ नगरपालिकाको मेयर र १ सय ६३ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।यस्तै, कांग्रेसले ६४ वटा नगरपालिकाको उपमेयर र १ सय ६८ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २ सय ३२ वटा पालिकामा जितेको हो । कांग्रेसले २ हजार २ सय २४ वटा वडाध्यक्ष पद जितेको छ ।

एमाले
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५१ वटा नगरपालिकाको मेयर र १ सय ६ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय ५७ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै, एमालेले ६३ वटा नगरपालिकाको उपमेयर, १ सय ४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १ सय ६७ वटा जितेको छ । एमालेले एक हजार ७ सय ५९ वटा वडाध्यक्ष जितेको छ ।

माओवादी
नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय २ वटा पालिकाको प्रमुख पद जितेको छ ।माओवादी केन्द्रले २५ वटा नगरपालिकाको उपमेयर, ८५ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय १० वटा उपमेयररउपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९ सय २९ वटा वडाध्यक्ष पद जितेको छ ।

नेकपा ( एकीकृत समाजवादी)
नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकासहित १३ पालिकामा मेयर तथा अध्यक्ष जितेको छ । त्यस्तै उपमेयर तथा उपाध्यक्षमा एकीकृत समाजवादीले १७ वटा पालिकामा जितेको छ ।

जसपा
जनता समाजवादी पार्टी ९जसपा० ले अहिलेसम्म १४ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १२ वटामा उपाध्यक्ष जितेको छ । जसपाले २ सय वडामा अध्यक्ष जितेको छ ।

स्वतन्त्र/अन्य दल
यस्तै स्वतन्त्र र अन्य दलले गरी २० वटा पालिकामा मेयररअध्यक्ष जितेका छन् भने १४ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका छन् । स्वतन्त्र तथा अन्य गरी ४ सय ७५ वडामा अध्यक्ष निर्वाचित भएका निर्वाचन आयोगको विवरण छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

सम्बन्धित

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

ट्रम्पको आक्रामक नीतिविरुद्ध ‘चोक प्वाइन्ट’ रणनीति: प्रतिस्पर्धी राष्ट्रहरूको नयाँ प्रतिकार

बादलको विवादास्पद अभिव्यक्ति : एमालेकै नेताहरू असन्तुष्ट

पेट्रोलको मूल्य २ सय नाघ्यो, डिजेल १८० (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com