काठमाडौँ, ५ जेठ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रममा हालसम्म ५४० स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेकपा एमालेले हालसम्म १५५ स्थानमा प्रमुख पदमा विजयी हासिल गरेको छ भने १६५ स्थानमा उपप्रमुख विजयी भएको छ । हालसम्मको नतिजा अनुसार एमाले दोस्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा नेपाली कांग्रेस रहेको छ ।
यस्तै गठबन्धन गरी कांग्रेसले प्रमुख पदमा २४३ जना निर्वाचित भएका छन् भने २२६ स्थानमा उपप्रमुख विजयी भई पहिलो स्थान हासिल गरेको छ । त्यस्तै तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । माओवादीले हालसम्म १०२ स्थानमा प्रमुख पदमा विजयी हासिल गरेको छ भने १०८ स्थानमा उपप्रमुख विजयी हासिल गरेको छ ।
त्यस्तै जनता समाजवादी पार्टीले १३ स्थानमा प्रमुख विजयी भएको छ भने १३ स्थानमा नै उपप्रमुख विजयी भएको छ । एकीकृत समाजवादी पार्टीले प्रमुखमा १० र उपप्रमुखमा १७ स्थानमा विजयी हासिल गरेको छ । लोकतान्त्रीक पार्टीले एक स्थानमा प्रमुख र दुई स्थानमा उपप्रमुख विजयी भएको छ । नेपाल मजदुर किसान पार्टीले एक स्थानमा प्रमुख तथा उपप्रमुख विजयी भएको छ । त्यस्तै अन्य विभिन्न दलहरुले १६ स्थानमा प्रमुख र ९ स्थानमा उपप्रमुख पदमा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्