ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माडी नगरपालिकाको मेयरमा एमालेकी तारा र उपमेयरमा कांग्रेसका खेम विजयी


एबीसी / संवाददाता
जेष्ठ ३, २०७९ मंगलबार  १० : २४ बजे

काठमाडौं, ३ जेठ ।  चितवनको माडी नगरपालिकाको मेयर पदमा नेकपा एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन् । ताराले सत्तारूढ गठबन्धनबाट उम्मेद्वार रहेका माओवादी केन्द्रका उम्मेद्वार ऋषिराम काफ्लेलाई पराजित गरेकी हुन् ।उपमेयर पदमा सत्तारूढ गठबन्धनबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका खेमराज महतो विजयी भए । माडीका निर्वाचन अधिकृत चुडामणि शर्मा गौतमका अनुुसार ताराले ९ हजार ९०१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी ऋषिराम काफ्लेले सात हजार ७२९ मत ल्याए । ताराकुमारी काजी महतो यसअघि माडी नगरपालिकाको उपमेयर थिइन् ।

त्यसै गरी उपमेयरमा विजयी खेमराज महतोले ६ हजार ८३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन पौडेलले पाँच हजार १०४ र स्वतन्त्र उम्मेद्वार कृष्णप्रसाद पौडेलले तीन हजार ८६ मत ल्याएको निर्वाचन अधिकृत चुडामणि शर्माले जानकारी दिए ।

माडीमा मेयर उपमेयर पदमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल थियो । माडी नगरपालिकामा नौवटा वडाहरू छन् । वडा नम्बर १ र ८ मा राष्ट्रिय प्रजातन्त्र पार्टी वडा नम्बर २, ४, ५ र ९ मा माओवादी वडा नम्बर ३ र ७ मा नेकपा एकीकृत समाजवादी र वडा नम्बर ६ मा नेकपा एमालेका उम्मेद्वार वडाध्यक्षमा विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति १४ संगठनको सामूहिक विरोध

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

प्रहरी परिसरमा लेखकको बयान सुरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com