पाल्पा, ३ जेठ । रामपुर नगरपालिकामा नेपाली कांग्रेसका रमणबहादुर थापा मेयर र उपमेयरमा कांग्रेसकै बालकुमारी थापा विजयी भएका छन् ।मेयरमा कांग्रेसका थापाले १० हजार ४५६ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत ल्याए।त्यस्तै, उपमेयरमा कांग्रेसकी बालकुमारी थापाले १० हजार ३०७ र उनका प्रतिस्पर्धी एमालेकी दुर्गादेवी रानाले १० हजार २५० मत ल्याएकी छन् ।
नगरपालिका १० ओटा वडामध्ये सात ओटामा कांग्रेस र तीन ओटामा एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस्