ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ दिन भित्र प्रदेश प्रमुख नियुक्त नभए चुनाव गर्न सकिदैन – आयोग


एबीसी न्यूज

काठमाडौं, १ माघ । निर्वाचन आयोगले ढिलोमा माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त नभए माघ २४ मा निर्धारित राष्ट्रियसभा निर्वाचन गर्न नसकिने चेतावनी बताएको छ । यदि राष्ट्रियसभा निर्वाचन प्रभावित भएमा नया सरकार गठन अझ पछि धकेलिनेछ ।


पटकपटक आग्रह गर्दा पनि सरकारले प्रदेश प्रमुख नियुक्त नगरेपछि आयोगले माघ ५ को अन्तिम डेडलाइन दिएको हो । ‘प्रदेश प्रमुख नियुक्तिमा ढिलाई भइसकेको छ, प्रदेश प्रमुख नियुक्त भएर उनको कार्यालय स्थापना भएपछि हामीले प्रदेशसभाको नतिजा बुझाउने हो’ आयोगका एक कर्मचारीले भने ।

आयोगले माघ ७ गते राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशनको कार्यक्रम छ । तर, प्रदेश प्रमुख नियुक्त नहुँदा निर्वाचन आयोगले प्रदेशको समानुपातिकमा विजयीहरुको नाम सार्वजनिक गर्न सकेको छैन । किनकी प्रदेशको अन्तिम नजिता सार्वजनिक भएको ७ दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था छ ।

साथै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्न प्रदेश प्रमुखबाट प्रदेश सभा सदस्यहरुको सपथग्रहण भइसकेको हुनुपर्छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने चाडो प्रदेश प्रमुख नियुक्ति होस भनेर सरकारको ध्यानाकर्षण गराइसकेको हो । मतदाता नामावली प्रकाशन गर्नुपूर्व प्रदेशसभाको नतिजा प्रदेश प्रमुखलाई बुझाएर उनीहरु कानुनी रुपमा मतदाता हुनुपर्ने ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com