ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुनिबेशीका नेता आचार्यको राजनीतिक इतिहास यस्तो छ


एबीसी / संवाददाता

काठमाडौं, ३ जेठ । रमेशप्रसाद आचार्य जो धादिङको कम्युनिष्ट आन्दोलनको जग बसाल्ने एउटा योद्धा । आचार्य खासगरी पञ्चायती शासन व्यवस्था र निरंकुश राजतन्त्रको बिरुद्ध किशोरावस्थादेखि निरन्तर लागिरहे । २०४५ सालमा आफू पढने बिद्यालयका शिक्षकमाथी भएको पन्चायती ज्यादती प्रत्यक्ष देखेका आचार्य ९ बर्षको उमेरमै पन्चायत शासन विरुद्ध मसाल जुलुसमा सहभागी हुन पुगे । बिद्यार्थीकाल देखि राजनितिक चेत विशेषत। कम्युनिष्ट विचारधाराबाट प्रभावित भएर उनि २०५३ सालमै अखिल क्रान्तिकारी संगठनमा आवद्ध भए । धादिङको साविकको नौविसे वडा नम्बर १ चालिसे हालको धुनिवेशी वडा नम्बर ६ का स्थायी बासिन्दा रहेका आचार्यले धादिङको दक्षिणी भेगमा माओवादी तथा कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन भुमिगत र सार्वजनिक भएर निरन्तर लागिरहे । २०५४ मा तत्कालिन नेकपा माओवादीको पार्टी सदस्यता लिएका आचार्य २०५४ मा नौविसे सेल कमिटीको सचिवको जिम्मेवारीमा आए ।

तत्कालिन समयमा राज्यपक्ष र माओवादीबीच सशस्त्र युद्ध चलिरहेको थियो । माओवादी आन्दोलनमा धादिङको दक्षिणी भेगको नेतृत्व तहमा रहेका आचार्यलाई २०५९ मा नेपाली सेनाले काठमाडौबाट पक्राउ गर्यो । पक्राउ लगतै नजरबन्दमा परेका आचार्य जिल्ला प्रहरी हिरासत पश्चात जिल्ला कारागार चलान भइ ६ महिना राजनितक बन्दीको रुपमा जेल बसे । सो क्रममा उनले राज्यतर्फबाट थुप्रै यातना खेपेका थिए । २०६० मा जेलबाट निक्लिएर आचार्य निरन्तर माओवादी आन्दोलनमा लागिरहे । तत्कालिन समयमा उनि नेकपा माओवादीको पार्टी प्रमुख नै रहे । २०६३ सम्म नौविसे सेल कमिटीको सचिव रहे । सो समयमा उनले नेकपा माओवादीको संगठन विस्तार,सामाजिक न्याय र कम्युनिष्ट आन्दोलनको मोर्चामा नौविसेकै नेतृत्व गरे । सोही क्षमताकै कारण उनलाई २०६३ मा पार्टीको नौविसे गाँउ कमिटी प्रमुखको रुपमा सचिवको जिम्मेवारी दिइएको थियो । आचार्यले २०६९ सम्म नौविसे पार्टी प्रमुख,सर्वदलिय प्रतिनिधि र सो समयमा ठुलो दलको हैसियतले प्रमुख राजनितिक प्रतिनिधि भएर जिम्मेवारी सम्हाले । आचार्य २०६५ मा पार्टीको जिल्ला कमिटी सदस्य रहे ।

नौविसेको विकासमा नेतृत्व तहको जिम्मेवारी

२०५१ देखि नेपालमा माओवादी आन्दोलन सुरु भयो । सशस्त्र युद्ध सुरु गरेको तत्कालन माओवादीमा आचार्य त्यसै लागेका हैनन् । समाजमा हुने थिचोमिचो,गरिबी,उत्पिडन,छुवाछुत र भेदभाव उनलाई पटक्कै मन परिरहेको थिएन् । पारिवारिक रुपमा मध्यम स्थिती रहेपनि उनले माओवादी आन्दोलनलाई उचाइमा पुर्याउने मनमनै विचार गर्न थाले । परिवारमा उनलाई माओवादी आन्दोलनमा नलाग्न दवाव थियो । त्यसबेला सेनाले जुनसुकै बेलामा पनि माओवादीलाई जे पनि गर्न सक्थ्यो । जिवन जोखिममा पारेर जंगल पस्न परिवारको स्विकृति त थिएन नै त्यसमाथी एउटा युवा,पढ्दै गरेको परिवारको आशालाई लत्याएर उनि समाजिक न्यायको लागि युद्धमा होमिने निर्णय गरे ।

आचार्य २०६२ तिर मात्रै सार्वजनिक रुपमा देखिन थाले । त्यसभन्दा उनि अर्धभुमिगत रुपमा राजनितिक आन्दोलनमा सक्रिय थिए । खासगरी २०६३ पछि नौविसेको पार्टी प्रमुख र २०६४ पछि नौविसे गाँउ विकास समितीमा सर्वदलियको तर्फबाट प्रमुख प्रतिनिधिको रुपमा निरन्तर काम गरे । उनले नौविसेको विकासलाई फरक गतिमा अघि बढाउन पर्नेमा जोड दिँदै आइरहे । विकासका एजेण्डामा सबै राजनितिक दलहरु एक ठाँउमा उभिनुपर्नेमा उनको जोड निरन्तर रहदै आयो । शालिन,शान्त र समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने आचार्यले सबै राजनितिक दलसंग मिलेर नौविसको शैक्षिक,भौतिक र सामाजिक विकासमा अग्रणी भुमिका खेलिरहे । थोरै बजेट,जनताका आवश्यकता धेरै हुँदा सोचे अनुरुप काम गर्न नसकेपनि दक्षिणी भेगको उदयमान आर्थिक र व्यापारिक केन्द्रको रुपमा स्थापित गर्न सकिएकोमा चाँही उनलाई सन्तोष छ । आचार्यले तत्कालिन समयमा सर्वदलियको प्रमुख प्रतिनिधिको अलवा मच्छिन्द्र उच्च माध्यामिक विद्यालयको व्यवस्थापन समिती अध्यक्ष भएको समयमा बिद्यालयको लागि ५ करोड मुल्य बराबरको जग्गा खरिद समेत गरेका थिए । त्यसैबेलादेखि क्याम्पस स्थापना गरी क्याम्पस व्यवस्थापन समितीको सदस्य समेत रहेका थिए । आचार्यसंग सडक निर्माण,खानेपानी लगायत दर्जनौ उपभोक्ता समितीको अध्यक्ष भएको अनुभव समेत रहेको छ ।

धादिङको पत्रकारिता क्षेत्रमा नेतृत्वदायी भुमिका

२०५४ देखि नै उनि तत्कालिन समयको चर्चित पत्रिका जनादेश दैनिकको धादिङ संवाददाता थिए । धादिङको पत्रकारितामा पुरानो पुस्ताको नेतृत्वमा रहेका आचार्यले राजधानी दैनिक,एबीसी टेलिभिजन लगायतमा काम गरेका छन् । आचार्यले धादिङको पत्रकारितालाई उचाइमा पुर्याउन महत्वपुर्ण योगदान गरेका छन् । उनले धादिङबाट प्रकाशित हुनेगरी जनमुक्तिमार्ग साप्ताहिक,नागरिक साप्ताहिक लगायतका पत्रिका समेत प्रकाशन गरेका थिए । आचार्य प्रेस सेन्टर नेपालको धादिङको संस्थापक हुन् भने हाल उनि संगठनको केन्द्रिय सदस्य समेत रहेका छन् ।

धुनिवेशीको सम्मृद्धीको लागि वडा अध्यक्षको उम्मेदवारी

खासगरी आचार्यको उम्मेदवारीलाई लिएर धुनिवशी वडा नम्बर ६ का नागरिकले मात्रै हैन् समग्र धुनिवेशी नगरवासीले नै चासोको साथ हेरेका छन् । नगरको टिममा आचार्यजस्तो अनुभवी व्यक्तित्व पाउनु आगामी दिनमा नगरपालिकाको समग्र विकासको लागि महत्वपुर्ण हो भन्छन् एक स्थानीयवासी । धुनिवेशी वडा नम्बर ६ विगतदेखि वर्तमानसम्म हेर्ने हो भने भिजनहिन,योजनाविहिन नेतृत्वको कारण पछि पर्यो भन्नेहरु धेरै छन् । आचार्यको अनुभवलाई प्रयोग गर्ने हो भने वडा नम्बर ६ मात्रै हैन् , समग्र धुनिवेशी नगरलाई नमुनायोग्य बनाउन सहयोग पुग्ने बताइन्छ । आचार्य स्वंयले पनि आफु वडा नम्बर ६ लाई अहिलेसम्मको परिस्थितीबाट बाहिर ल्याउन र रणनितिक महत्वको वडा बनाउन कुनै कसर बाँकी नराख्ने बताउछन् ।

उनी भन्छन्–विगतको नेतृत्वले खासगरी तत्कालिन नौविसे १ र हालको धुनिवेशी ६ लाई कुनै किसमको दिर्घकालिन योजना भन्दापनि पाएको सरकारी बजेट खर्च गर्नेबाहेक कुनै ठोस विकास अघि बढाउन सकेन्, गएको ३० बर्षको वडा सञ्चालन,विकास र सामाजिक सेवा भन्दा मेरो कार्यकालमा वडा यसरी पो चल्नुपर्ने रहेछ, विकास त यस्तो पो गर्नुपर्ने रहेछ र राजनितिक दल,नागरिक समाज,बुद्धिजिवीसंग यसरी पो सहकार्य गर्नुपर्दोरहेछ भन्ने चाँही बनाउछु । उनले समग्र धुनिवेशीमा नमुना वडा र सिंगो नगरलाई नयाँ किसिमको भिजन दिन आफु तयार रहेको समेत बताउछन् ।

संघिय लोकतान्त्रिक गणतन्त्रमा विकास र सामाजिक न्यायको लागि स्थानीय तहको भुमिका सबैभन्दा महत्वुपर्ण छ त्यसमा पनि वडाको भुमिका जनतासंग प्रत्यक्ष साथमा रहेर गर्नुपर्ने काम धेरै छन् । आचार्य २०७४ सालको स्थानीय तहको चुनावमा पनि धुनिवेशी–६ को वडा अध्यक्ष पदमा निर्वाचनमा होमिएका थिए तर थोरै मतान्तरले उनि पराजित भए । जे होस् यसपालीको स्थानीय निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार रहेका आचार्यले आफ्नो भुमिकालाई पक्कै न्याय गर्छन भन्ने विश्वास आम वडाबासीले गरेका छन् । पक्कै उनले यो आशालाई निराशामा परिणत गर्ने छैनन् बाँकी त आगामी दिन कुर्नै पर्ला ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

काठमाडौं, २४ माघ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

सम्बन्धित

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

ओली र विप्लवबीच बालकाेटमा भेटवार्ता

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…

काठमाडौंमा बर्डफ्लू संक्रमण पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...