ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीसँग सरकारले माग्यो निवेदन


एबीसी न्यूज

काठमाडौ,१ माघ ।  ५० वर्ष उमेर कटेका कर्मचारीले स्वेच्छिक अवकाश लिने विकल्प सरकारले दिएको छ । यसका लागि सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीहरुसँग निवेदन माग गरेको छ ।

कर्मचारी समायोजन ऐन ०७४ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पूरा भएका र निवृत्तिभरण पाउने अवस्था भएका सरकारी कर्मचारीहरुले निवेदन दिन सक्ने सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी नमराज घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

त्यस्ता कर्मचारीले निवेदनका साथमा निजामती किताबखानाको पीआईएस विवरण र शुरुको नियुक्ति पत्रको फोटोकपी स्वयंले प्रमाणित गरी संलग्न गर्नुपर्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्वेच्छिक अवकाशमा जानेले पाउने सेवा सुविधा यस्तो छ

स्वेच्छिक अवकाशमा सहभागी हुने कर्मचारीले सात वर्षको निवृत्तभरण एकमुष्ठ रुपमा पाउनेछन् । त्यसपछि पनि प्रचलित काननुन अनुसार उनीहरुले निवृत्तभरण पाउनेछन् ।

सात वर्षको एकमुष्ठ निवृत्तभरण रकम पाएपछि सो सात वर्षको अवधिमा बहालवाला सरकारी कर्मचारीको तलब वृद्धि हुँदा समान पदबाट निवृत्त कर्मचारीहरुले प्राप्त गर्ने थप निवृत्तभरण रकम पनि पाउनेछन् ।

स्वास्थ्य सेवाका कर्मचारी, संसद सेवाका कर्मचारी र ०४९ कात्तिक २१ गतेभन्दा अघि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा ६० वर्ष उमेर ननाघ्ने गरी र सोभन्दा पछि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा ५८ वर्ष उमेर ननाघ्ने गरी सेवा अवधि थप गरी पेन्सनको लागि जम्मा सेवा अवधि कायम गरिनेछ ।

यसरी सेवा अवधि थप हुँदा सोही नियमअनुसार तलव वृद्धि पनि थप हुने कर्मचारी समायोजन ऐन २०७४ मा उल्लेख छ ।

स्वेच्छिक अवकाश लिने कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिने अन्तिम दिनसम्म बढुवा पाउने भएमा निजलाई एक श्रेणी माथिको पदमा बढुवा गरी सेवा सुविधा दिइनेछ ।

स्वेच्छिक अवकाश हुँदा प्राप्त गर्ने निवृत्तभरण र अन्य सुविधामा एकमुष्ठ एक प्रतिशत सामाजिक सुरक्षा कर लाग्नेछ ।

स्वेच्छिक अवकाशको निवेदन कहाँ र कसरी दिने ?

काठमाडौं उपत्यकाभित्रका निकायमा कार्यरत कर्मचारीहरुले आफू कार्यरत निकाय वा कार्यालयमा निवेदन दिन सक्नेछन् । सम्वन्धित निकाय वा कार्यालयले निवेदन सनाखत गराई सात दिनभित्र सामान्य प्रशासन मन्त्रालयको स्वेच्छिक अवकाश इकाईमा तोकिएको ढाँचामा पठाउनु पर्नेछ ।

काठमाडौं उपत्यकाबाहिर कार्यरत कर्मचारीहरुले पनि आफू कार्यरत कार्यालयमा निवेदन दिने र ति निवेदन कार्यालयले सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा लगेर बुझाउनु पर्नेछ । जिल्ला प्रशासन कार्यालयले सात दिनभित्र सामान्य प्रशासन मन्त्रालयको स्वेच्छिक अवकाश इकाईमा पठाइसक्नुपर्ने छ ।

सामान्यमा पठाइएको विवरणहरु जिल्ला प्रशासन कार्यालयले आफ्नो सूचना पाटीमा टाँस गर्नुपर्ने व्यवस्था छ ।

क-कसले लिन पाउँदैनन् स्वेच्छिक अवकाश ?

स्वेच्छिक अवकाशका लागि निवेदन दिएको मिति नै उसले अवकाश पाएको मिति मानिने छ र निवेदन दिएपछि कर्मचारी अवकाश प्रक्रियाबाट फर्किन नपाउने व्यवस्था गरिएको छ ।

निलम्बनमा रहेका, विभागीय कारबाही प्रक्रिया शुरु भएका र अध्ययन विदामा रहेका कर्मचारीहरुले भने स्वेच्छिक अवकाश लिन नपाउने नियमावलीमा उल्लेख छ ।

यसैगरी सरकारको मनोनयनमा अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएका कर्मचारीहरुले प्रचलित कानुनबमोजिम त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि गर्नुपर्ने न्यूनतम सेवा अवधि पूरा नगरेकाले पनि स्वेच्छिक अवकाश लिन पाउने छैनन् ।

यदि कुनै कर्मचारीले झूठो विवरण पेश गरी स्वेच्छिक अवकाश लिएको प्रमाणित भएमा निजले स्वेच्छिक अवकाश वापत पाएको सेवा सुविधा सरकारी बाँकी सरह असुल उपर हुने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com