काठमाडौं, २ जेठ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०२ स्थानीय तहको अन्तिम नजिता आएको छ ।
ऋष्अिप ज्भचभ१ँष्लम द्ययबचम ज्भचभ१कझउ।लभतश्र
सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुखरअध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका १०२ स्थानीय तहमध्ये ४० वटाको प्रमुखरअध्यक्ष जितेको छ ।
ऋष्अिप ज्भचभ१ँष्लम म्ष्चभअतयच ज्भचभ१कझउ।लभतश्र
कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म ३५ पालिकाको प्रमुखरअध्यक्ष जितेको छ । नेकपा ९माओवादी केन्द्र०ले २४ पालिकाको प्रमुखरअध्यक्ष जितेको आयोगको तथ्याङ्कले देखाउँछ ।
हालसम्म नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार दुई र अन्यले एक पालिका प्रमुखरअध्यक्षमा विजयी बनेका छन् ।
हालसम्म भएको मतगणना अनुसार २५९ पालिका प्रमुखरअध्यक्ष मा कांग्रेस, १५१ पालिका प्रमुखरअध्यक्षमा एमाले, ९६ पालिका प्रमुखरअध्यक्षमा माओवादी केन्द्र, १८ पालिका प्रमुखरअध्यक्षमा एकीकृत समाजवादी, २९ पालिकारअध्यक्षमा जनता समाजवादी पार्टी, नेपाल, ११ पालिका प्रमुखरअध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र २५ पालिकामा अन्य तथा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।
यस्तै हालसम्म अन्तिम नजित आएका १०३ पालिकाको उपप्रमुखरउपाध्यक्षमध्ये कांग्रेसले ४६, एमालेले ३२, माओवादी केन्द्रले १६, एकीकृत समाजवादीले ५, जनता समाजवादी पार्टीले २ र अन्यले २ ठाउँमा जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्