काठमाडौं । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा पराजित भएका छन् ।स्याङजाको वालिङ नगरपालिका–१ मा एमालेबाट खुल्ला सदस्यको उम्मेदवार बनेका पौडेल ४६७ मतले कांग्रेस उम्मेदवारसँग पछि परेका हुन् ।
विजयी उम्मेदवार कांग्रेसका सम्भव अर्यालले १ हजार १ सय १२ भोट ल्याएका थिए भने पौडेलले ६४५ भोट पाए । यस वडामा १८३४ भोट खसेको थियो । वालिङकाृ १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ भने ३ नम्बर वडा एमालेले जितेको छ ।
प्रतिक्रिया दिनुहोस्