ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुँदा लोकतन्त्र सुदृढ हुन सक्दैन : अध्यक्ष दाहाल


एबीसी / संवाददाता

काठमाडौँ, ३० बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा हुने हारजितलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभएको छ । उहाँले जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुँदा लोकतन्त्र बलियो बन्न नसक्ने बताउनुभएको छ ।

चितवनको भरतपुर महानगरपालिकामा मतदान गरेपछि दाहालले उक्त प्रतिक्रिया दिनुभएको हो । उहाँले मतदातालाई स्वतन्त्रतापूर्वक आत्मविश्वासको साथ निर्वाचनमा सहभागी हुन पनि आह्वान गर्नुभएको छ । यो निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुपर्दछ । संविधान घोषणापछिको दोस्रो निर्वाचन प्रक्रिया हो, सफल हुनुपर्छ । सबैले स्वतन्त्रतापूर्वक मतदान गर्नुपर्छ, मतदान गरेपछि दाहालले भने, आफू हुर्केको ठाउँमा आएर मतदान गर्दा खुरसी लागेको छ । जित्ने र हार्ने निर्वाचन प्रक्रियामा स्वाभाविक हो भनेर मान्नुपर्ने हुन्छ । जितहार हुनकै लागि निर्वाचन हुने हो । जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुने कुराबाट लोकतन्त्र सुदृढ हुन सक्दैन । अध्यक्ष दाहालले मुलुक अप्ठ्यारोमा परेको अवस्थामा गठबन्धन भएको बताउनुभयो। उहाँले आम नेपाली जनताले गठबन्धनको महत्त्व राजनीतिक स्थायित्व र विकास रूपमा लिनुपर्ने बताउनुभयो ।

दाहालले आफूले चितवनमा दिएको अभिव्यक्ति तोडमरोड गरिएको भन्दै असन्तुष्टि व्यक्त गनुृभयो । निर्वाचन प्रचारका क्रममा दाहालले चितवनमा मतदातालाई धम्याक्याएको आरोप लागेको थियो ।उहाँले भन्नुभयो, मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमरोड गरियो । हँसिया हथौडामा नहाले, रेनुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन । मैले जनतालाई धम्क्याउने र घुर्क्याउने हुनसक्छ ?

आयोगको ८ घण्टे स्पष्टीकरणबारे सुनेको छैन

अध्यक्ष दाहालले निर्वाचन आयोगले बिहीबार आफूलाई ८ घण्टे स्पष्टीकरण सोधेकोबारे थाहा नभएको बताउनुभयो। उहाँले आफ्नो साथीको मृत्यु भएको हुनाले माडी गएको विषयलाई राजनीतिकरण गरिएको बताउनुभयो । ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन, सुनेको छैन, उहाँले भन्नुभयो, माणीमा साथीको मृत्यु भएपछि संमवेदना दिन जानु थियो । त्यो बेलामा उम्मेदवारसँग भेट भयो एउटा कोठामा, चिया खाएर छुट्टियौं । त्यसलाई राजनीतिकरण गर्ने कुरा भयो, अनिरन्जना भयो ।

निर्वाचन आयोगले बिहीबार दाहाललाई ८ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com