ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढ्यो इन्धनको माग


एबीसी / संवाददाता
बैशाख २९, २०७९ बिहीबार  १ : ५९ बजे

काठमाडौँ, २९ बैशाख । निर्वाचनको मिति नजिकिएसँगै पछिल्लो एक सातामा मुलुकभर झन्डै छ करोड लिटर पेट्रोलियम पदार्थ खपत भएको छ । नेपाल आयल निगमका अनुसार वैशाख १९ देखि २५ गते आइतबारसम्ममा ५९ हजार ९२७ किलोलिटर अर्थात् पाँच करोड ९९ लाख २७ हजार लिटर इन्धन खपत भएको छ । सो अवधिमा २० हजार ३२७ किलोलिटर पेट्रोल र ३९ हजार छ सय किलोलिटर डिजेल खपत भएको छ । अघिल्लो सोमबारदेखि बजारमा इन्धनको खपत बढ्दै गएको हो ।

निर्वाचनका कारण मुलुुकभर इन्धनको माग बढेको निगमले जनाएको छ । निगम प्रवक्ता विनीतमणि उपाध्यायले निर्वाचनका कारण डिजेल र पेट्रोलको खपत ४० प्रतिशतले बढेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सामान्य अवस्थामा पेट्रोल दैनिक अधिकतम दुई हजार पाँच सय किलोलिटर बिक्री हुने गरेकामा अहिले चार हजार किलोलिटरसम्म खपत हुने गरेको हो । यसअघि दैनिक अधिकतम छ हजार किलोलिटर डिजेल खपत हुने गरेकामा अहिले १० हजार किलोलिटरसम्म भएको निगमले जनाएको छ ।
हाल दैनिक पौने तीन अर्ब रुपैयाँको डिजेल र पेट्रोल बिक्री भइरहेको छ । वैशाख १९ देखि २५ गतेसम्म निगमको थानकोट डिपोबाट डिजेल छ हजार ५५६ किलोलिटर र पेट्रोल पाँच हजार ६६२ किलोलिटर बिक्री भएको छ । यो सातामा दुई दिन सार्वजनिक बिदा परेकाले ती दिन थानकोट डिपोबाट पेट्रोलियम पदार्थ बिक्री भएको छैन ।

सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेकाले डिजेल र पेट्रोलको खपत सातदेखि १० प्रतिशत कमी आउने प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । दुुई दिन सार्वजनिक बिदा भएपछि सवारीसाधन कम चल्ने भएकाले इन्धन खपतमा कमी हुने अनुुमान गरिएको हो । वैशाख पहिलो साता प्राप्त भारतीय आयल कर्पोरेसन (आईओसी) को नयाँ बिक्री मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको खरिद लागत मूल्य क्रमशः प्रतिलिटर १८३ रुपैयाँ दुई पैसा र १८३ रुपैयाँ १३ पैसा छ । निगमले अहिले प्रतिलिटर १६० रुपैयाँ लिटरमा पेट्रोल र १४३ रुपैयाँमा डिजेल बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

चुनाव दुई चरणमा नगरियोस् : प्रचण्ड

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com