ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यका छोड्नेको लर्को, मतदाता ओसार्दै राजनीतिक दलका नेताहरु


एबीसी / संवाददाता

काठमाडौँ, २८ बैशाख । स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरुको चाप उपत्यकाका बस पार्कहरुमा बढेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउँन अब दुई दिन मात्रै बाँकी छ । निर्वाचनको दिन सरकारले सार्वजनिक यातायातका साथै हवाइ सेवा पनि बन्द गर्ने निर्णय गरेको छ । जसले गर्दा बसपार्कमा मात्रै नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आन्तरिक उडानमा पनि यात्रुहरुको चाप बढेको छ ।

बिभिन्न जिल्लाबाट कामको सिलसिलामा काठमाडौं आएर बसेकाहरुको मतदाता नामावली आफ्नो स्थानीय तहमा भएका कारण भोट हाल्न उनीहरु गाउँ फर्किन लागेका हुन् । त्यस्तै कतिपय स्थायी रुपमै काठमाडौं उपत्यकामानै बसोबास गर्ने भएता पनि उनीहरुको मतदाता नामावली गाउँमै रहेका कारण मत खसाल्न उपत्यका छोड्न लागेका हुन् । सरकारले स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा दिएको छ भने त्यसपछिका तीन दिन निरन्तर बिदा परेका छन् । निर्वाचनको भोलीपल्ट शनिबार परेको छ । त्यस्तै जेठ १ गते आइतबार परेको छ भने जेठ २ गते बुद्ध जयन्ती परेको छ । सरकारले जेठ १ गतेबाट लागू हुनेगरी हप्तामा २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । त्यसकारण निर्वाचनको दिनलाई समेत जोड्दा ४ दिन सार्वजनिक बिदा परेको छ । ४ दिन बिदा परेकाले पनि उपत्यका छोड्नेहरुको संख्या बढेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बुधबार बेलुकासम्म १० देखि ११ लाख मानिसले काठमाडौं उपत्यका छोड्ने अनुमान महासंले गरेको इमेजखबरसँग बताउनुभयो । उहाँले सामान्य दिनको तुलनामा बसपार्कहरुमा घर फर्किने यात्रुको चाप धेरै बढेको बताउनुभयो ।काठमाडौंको कलंकी,कोटेश्वर,बालाजु,माछा पोखरी, बल्खु लगायतका स्थानमा यात्रुहरुको चाप बढी छ । उम्मेदवारहरुले मौन अवधि शूरु हुनु अघिसम्म चुनाव प्रचार प्रसारको सिलसिलामा बिभिन्न जिल्लामा सुमो जीपहरुको प्रयोग गरेकाले त्यस्ता सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले सुमोको टिकट पाउन नसकेको गुनासो गरेका छन् । चुनाव प्रचार प्रसारमा लगिएका सुमो जीप सबै उपत्यकता भित्रि नसेका व्यवसायीको भनाई छ ।

कतिपय राजनीतिक दल र तिनका उम्मेदवारले मतदातालाई बस रिजर्भ गरेर नै लिन पठाएका कारण पनि उपत्यका छाड्नेको चाप बढेको सिटौलाको भनाई छ । सरकारले निर्वाचनका लागि बुधबारबाट बिद्यालय समेत बन्द गरेको छ । सधैंभरी मानिस र सवारी साधनको चाप देखिने काठमाडौं उपत्यकामा बुधबार भीडभाड देखिएको छैन । काठमाडौं उपत्यकाबाट बाहिरिनेको लर्कोसँगै गाउँघर तिर चहलपहल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com