ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनाङमा चुनावको दिनमा पनि पर्यटकले प्रवेश पाउने


एबीसी / संवाददाता

काठमाडौँ, २८ बैशाख । यही वैशाख ३० गते हुने पालिका तह चुनावका लागि हिमाली जिल्ला मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका छन् । निश्चित समय तोकिएर नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले प्रवेश खुला गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमतिपत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । पर्यटन बोर्डबाट रोड परमिट लिएर आएका पर्यटकले प्रवेश पाउने उहाँले बताउनुभयो । “पर्यटक आउने अनुकूल समय भएकाले नेपाल सरकारले नै पर्यटकलाई प्रवेश दिन सर्कुलर गरेको छ । सोहीबमोजिम मौन अवधिमा सवारीमार्फत पर्यटक मनाङ आउन सक्नेछन् । तर निर्वाचनको दिनमा सवारी सञ्चालनमा रोक लगाइएको छ । पैदलयात्रामा आउने पर्यटकले निर्वाचनकै दिनमा पनि प्रवेश पाउनेछन्”, आचार्यले भन्नुभयो ।

पर्यटक विशेषगरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) पुग्न आउने गरेका छन् । विदेशी पर्यटक विशेषगरी अन्नपूर्ण पदमार्गको यात्रामार्फत तिलिचो ताल पुग्ने गर्दछन् । विदेशी पर्यटक हिमालको काखमा पुगेर मनोरञ्जन लिनुका साथै हिमाल आरोहण गर्न आउने गर्दछन् । थोराङ्ला पास, तिलिचो ताललगायतका स्थानको भ्रमण तथा अवलोकनका लागि पर्यटक मनाङ आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com