ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमिकको समस्या सुन्न र समाधानका लागि दूतावासले साउदीको दमाममा कार्यक्रम गर्दै


एबीसी / संवाददाता

काठमाडौँ, २८ बैशाख । श्रमिकको समस्या सुन्न र समाधान गर्नका लागि साउदीमा रहेको नेपाली दूतावासले दमाम सहरमा श्रमिक सचेतना तथा गुनासो, समस्या सङ्कलन कार्यक्रम गर्ने भएको छ । साउदी अरबको पूर्वी क्षेत्रका विभिन्न सहरहरूबाट श्रमिकको समस्या र गुनासो धेरै आउने गरेको भन्दै दूतावासले त्यस क्षेत्रमा रहेका श्रमिकको समस्या समाधानका लागि दमाममा २० मे अर्थात् आउँदो जेठ ६ गते गुनासो तथा समस्या सङ्कलनको कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

दूतावासका अनुसार कम्पनीले इकामा नबनाइदिएको वा इकामाको म्याद सकिएपछि पनि नवीकरण नगरिदिएको वा हुरुव लगाइदिएको कारणले लामो समयदेखि नेपाल फर्किन नपाएको, कम्पनीले सम्झौता अनुसारको तलब र सेवा सुविधा नदिएको, काम गरेको समयको तलब पनि नपाएको समस्याहरू यो क्षेत्रबाट धेरै आइरहेको छ । यस्तै बिरामी पर्दा पनि उपचार नगरिदिने, छुट्टीमा घर जान नदिने, कम्पनीले अनावश्यक जरिवाना लगाउने, फर्जी कागजात बनाएर मुद्दा लगाइदिनेजस्ता समस्या पनि पछिल्लो समय साउदीमा बढेको छ । यस्ता समस्या बढ्न थालेपछि दूतावासले साउदीमा रहँदा श्रमिकले गर्न हुने र गर्न नहुने कुराहरूको बारेमा जानकारीका साथै साउदीको श्रम कानुन अनुसार पाउने हक अधिकारको बारेमा जानकारी दिन र दूतावासले प्रवाह गर्ने सेवाका बारेमा कार्यक्रम गर्न लागेको हो ।

दूतावासले यो कार्यक्रममा श्रमिक सचेतनाका साथै कम्पनीले इकामा नबनाइदिएको वा इकामा नवीकरण नगरिदिएको वा हुरुब लगाइएको कारण नेपाल फर्कन नपाएकाहरूलाई घर फर्कनका लागि एक्जिट भिसाको प्रक्रिया अघि बढाइदिने जनाएको छ । यस्तो समस्या भएका श्रमिकले आफ्नो राहदानीको सक्कल, राहदानीको फोटोकपी र इकामाको फोटोकपी साथमा ल्याउन पर्नेछ । अहिलेसम्म इकामा नै बनाएको छैन भने साउदी जाँदा त्यहाँको अध्यागमनले आफ्नो राहदानीको जुन पेजमा बोर्डर नम्बर लेखिदिएको छ त्यो पेजको फोटोकपी ल्याउन पनि दूतावासले अनुरोध गरेको छ । कम्पनीले करार सम्झौता अनुसारको तलब सुविधा नदिएको, काम गरेको तलब पनि नदिएको र ओभर टाइमको पैसा नदिने, बिदामा घर आउन नदिने र अलपत्र अवस्थामा राखेको छ भने पनि यस्ता समस्याको समाधानमा दूतावासले पहल गर्नेछ ।

कम्पनीले अनावश्यक जरिवाना लगाइदिएको जा फर्जी कागज बनाएर फसाएको छ भने पनि यही कार्यक्रममार्फत पनि दूतावासले समस्या समाधानका लागि पहल गर्ने जनाएको छ । यस्तो समस्या भएका श्रमिकले आफ्नो राहदानी र इकामाको फोटोकपी र आफ्नो सुपरभाइजरको वा कम्पनीको एचआर वा कफिलको सम्पर्क मोबाइल नम्बर लिएर कार्यक्रममा आउन भनेको छ । २० मे शुक्रबारका दिन अल असेम रेष्टहाउस फर फेस्टिभवल, अल फैसालिया, दमाममा दूतावासले कार्यक्रम गर्ने छ । समय भने बिहानको ७ बजेदेखि दिउँसोको ३ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com