ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनसँगै हवाई उडानमा चाप


एबीसी / संवाददाता

काठमाडौँ, २८ बैशाख । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं छोड्नेको स्थलगतसँगै हवाई उडानमा पनि चाप बढेको छ । शुक्रबार हुने निर्वाचनका लागि घर फर्किनेहरूको चाप बढेपछि आन्तरिक हवाई उडान ४० प्रतिशतले बढेको नेपाल वायुसेवा सञ्चालक संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय रूपमा बढेको पेट्रोलियम पदार्थको मूल्यका कारण हवाई भाडा करिब २२ प्रतिशतले बढ्दा पनि यात्रु संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । नेपाल एयरलाइन्स बाहेक अन्य कम्पनीहरूले स्टलभन्दा ट्रंक रूटमा बढी उडान भर्ने भएकोले त्यता बढी चाप देखिएको हो । यात्रुको चाप बढेसँगै केही कम्पनीले उडान सञ्चालनको समय पनि थप गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमानस्थल १८ घण्टा सञ्चालनका लागि निर्देशन दिएपछि क्रमिक रूपमा समय र उडान तालिका थप हुँदै गएको छ ।

आन्तरिक उडानमा प्रमुख हिस्सा ओगट्ने बुद्ध एयरले अहिले आउने र जाने गरी दैनिक १५० देखि १७० उडान भर्ने गरेको कम्पनीले दावी गरेको छ । निर्वाचनसँगै बिहेको मौसम भएकोले यात्रुको चाप बढेको छ । कोभिड अघिको दैनिक करिब १४० उडान हुने गरेकोमा अहिले १७० सम्म उडान हुने गरेको छ । यसैबीच, नेपाल वायुसेवा सञ्चालक संघले निर्वाचनको दिन कुनै पनि आन्तरिक हवाई सेवा सञ्चालन नहुने जनाएको छ । तर, मावनीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान भने हुनेछन् ।

सरकारले स्थानीय तह निर्वाचनका दिन आन्तरिक हवाई सेवा बन्द गर्न निर्देशन दिएको थियो भने अन्तर्राष्ट्रिय उडानलाई भने यथावत नै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं महानगरमा बालेन्द्र साहको मत ५० हजार नाघ्यो

काठमाडौं, १० जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । ताजा मत परिणामअनुसार साहको मत ५० हजार नाघेको छ ।

वीरगन्जको मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी

वीरगन्ज, १० जेठ । मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा ५ दलीय गठबन्धनका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका छन् । मंगलबार बिहान सम्पन्न

भरतपुर महानगरमा प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी

काठमाडौं, १० जेठ । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा

सम्बन्धित

काठमाडौं महानगरमा बालेन्द्र साहको मत ५० हजार नाघ्यो

वीरगन्जको मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी

भरतपुर महानगरमा प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल विजयी

बाँकेमा जोगाउन सकेन एमालेले विरासत

सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com