ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाबुराम भट्टराईको गृहनगर पालुङटारमा एमाले र जसपाले चुनावी तालमेल गर्ने


एबीसी / संवाददाता

काठमाडौँ, २७ बैशाख । गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले चुनावी तालमेल गर्ने भएका छन् । नगरपालिकाको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने गरी दुई पार्टीबीच सहमति भएको हो ।

एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पालुङटारको मेयर र उपमेयरसहित पाँच वटा वडामा तालमेल गर्ने सहमति भएको जनाएका छन् । सम्झौताअनुसार पालुङटारका १० वटा वडामध्ये वडा नम्बर ६, ७ र १० मा जसपाले नेकपा एमालेलाई सहयोग गर्नेछ भने वडा नम्बर ४ र ५ मा एमालेले जसपालाई सघाउनेछ । नेपाली कांग्रेससँग सहमतिको प्रयास गरेको जसपाले मेयरमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने गरी उपमेयर पदको उम्मेदवारी वैशाख १६ गते नै फिर्ता लिएको थियो । तर कांग्रेससँगको तालमेलको प्रयास वैशाख २१ गते असफल भएको थियो ।

एमालेबाट पालुङटारको मेयरमा हरि भट्ट र उपमेयरमा पार्वती पाठक उम्मेदवार छन् । जसपाबाट मेयरमा प्रेम गुरुङ उम्मेदवार हुनुहुन्छ । जिल्लाका अन्य पालिकामा पनि सम्भव भएसम्म तालमेल गरी चुनावमा जाने दुई पार्टीबीच सहमति भएको छ । पालुङटार जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर हो । भट्टराई एक हप्तादेखि पालुङटार केन्द्रित भएर चुनावी अभियानमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजेटमा उठेका विषयबारे एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

काठमाडौं, २२ असार।नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ । आज बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले

पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

काठमाडौँ, २२ असार ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ । तथापि चयन सहमतिमा गरिने माओवादी केन्द्रका नेताहरूले

अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने

काठमाडौं, २२ असार ।  काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हल्का वर्षा भए पनि गर्मी बढेको छ । मौसमविद् हिरा भट्टराईका अनुसार अहिले

सम्बन्धित

बजेटमा उठेका विषयबारे एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने

आजै संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं : उपसभापति खड्का

मंसिर २ या ५ मा चुनाव गराउन प्रस्ताव गर्दै आयोग : आज आयोगले प्रधानमन्त्री देउवालाई भेट्ने

अर्थमन्त्रीबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com